शरद शर्मा मजगैया ,तुलसीपुर, पुस ११ । तुलसीपुर -९ बेलुवामा रहेको सगरमाथा स्कुलले बुधवार एक कार्यक्रमको आयोजना गरी तेस्रो राष्ट्रिय दिवस मनाएको छ ।
‘‘जेष्ठ नागरिकको सम्मान, हाम्रो सध्यताको पहिचान’’ भन्ने नारा सहित दिवस मनाइएको हो ।
विद्यालयका प्रधानअध्यापक छवि कुमार वलीको अध्यक्षता तथा जेष्ठ नागरिक तुलसीपुर नगर अध्यक्ष पूर्ण बहादुर खड्काको प्रमुख आतिथ्यता तथा तुलसीपुर -९ का जेष्ठ नागरिक अध्यक्ष पिमलाल डाँगी र सचिव सालिकराम न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि खड्काले यस्तो खालको कार्यक्रम विद्यालयमा राख्दा विद्यार्थीहरुले जेष्ठ नागरिकहरुलाई कसरी सम्मान प्रेरित गर्ने र उनको अनुभवी कुराहरु सुनेर जीवनलाई सार्थक बनाउन सहयोगी हुने कुरामा जोड दिए ।
कार्यक्रममा विशिष्ठ अतिथि डाँगी र न्यौपानेले विद्यार्थीहरुको वीचमा यस्तो कार्यक्रम गर्दा उनीहरु संस्कारी हुने , जेष्ठ नागरिकप्रतिको आफ्नो दायित्व पुरा गर्नका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
विद्यालयका प्रधानाध्यापक वलीले विद्यार्थीहरुलाई संस्कारी, अनुशासित र सभ्य नागरिक निर्माणका लागि यस्ता किसिमका कार्यक्रमहरु गर्दै आएको बताए ।
दिवसका अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मज्गैयाले जानकारी दिए ।