२०७७ कार्तिक १५ गते शनिवार

‘ट्रकर्स डे’मा प्रतियोगिता

दाङ,जेठ ७ । ‘ट्रकर्स डे’को अवसरमा भारत बेञ्च ग्रुपले प्रतियोगिताको आयोजना गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधराधस्थित शाखा कार्यालयमा प्रतियोगिताको आयोजना गरेको शाखा प्रमुख जनक मल्लले जानकारी दिए ।

जर्मनीको ड्याम्लर कम्पनीले सन २००९ देखि एशियाको लागि भारत बेञ्च नामांकरण गरि ट्रिप्पर,ट्रक, बस लगाएका साधनको विक्रि वितरण सुरु गरेको थियो । कम्पनीले आफ्नो उत्पादन पहिलो पटक मे १९ तारिखका दिन बाहिर पठाएको उपलक्क्षमा उक्त दिन दिवस मनाउँदै आएको छ । दिवशको उपलक्क्षमा दुधरासमा आयोजित कुर्सी दौड प्रतियोगितामा घोराहीका बालकृष्ण शाह प्रथम, तुलसीपुरका राजकुमार शाही दृतिय र दुधरासका मुन्ना मिस्त्रि तृतिय हुन सफल भएका थिए ।

प्रथम हुनेलाई ७ हजार मुल्य बराबरको नाडी घडी, दृतिय हुनेलाई ५ हजार बराबरको नाडी घडी र तृतिय हुनेलाई एउटा भित्रे घडी उपहारस्वरुप प्रदान गरिएको थियो । कार्यक्रम घोराहीका व्यवसायी विमलमान श्रेष्ठको अध्यक्षतामा भएको हो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *