तुलसीपुर, पुस ११ । अहिले बिदेशीएका युवा शक्ति दिन देश फर्किने वातावरण बने देश फेरि बन्ने अर्थबिद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिय वाग्लले बताएका छन् ।
रिपोटर्स क्लव नेपालले मंगलबार बेलुकी तुलसीपुरमा आयोजना गरेको ब्यबसायी संग अर्थसम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेल युवा मातृ भूमिमा फर्काउन आशाको दियो जलाउन आवश्यक रहेको बताएका हुन ।
अहिलेको नैराश्य र युवा पलायन रोकिने आशा ब्यक्त गर्दै उनले नेपालमा सुधार गर्न सकिने प्रशस्तै ठाउँ रहेको चर्चा गरे । धेरै बिदेशीनेमा अहिले पनि अस्थायी रुपमा गएका कामदार रहेको हुँदा उनीहरु भविश्यमा फर्किनेमा दुई मत नरहेको भन्दै मुलकमा राजनीतिक सुधार आवश्य रहेको बताए ।
फरक प्रशंगमा उनले अन्य दलले मिसन २०८४ भन्न नसुहाउने तर्क गरे ।
पुराना पार्टीले केन्द्रमा सरकार चलाइ रहेको, लगभग सातै प्रदेश चलाइ रहेका छन् , ३५० स्थानीय तह आँफै चलाइ रहेको अवस्थामा रास्वपा, प्रदेश, स्थानीय तह र मन्त्रीमा शून्नेको अवस्थामा संसदमा २० जनाले हल्लाउनु चानचुने कुरा नभएको दाबी गरे ।
‘धेरै कुराहरु कुहिएको, भत्किएको, कोर्षबाट डिरेल भएको हुँदा भविश्यमा त्यसलाई ल्याउने तयारीमा लाग्ने छौं्र,’ उनले भनेका थिए ‘ त्यो पाङग्राको पुर्नं आवश्किार गरि राख्नु पर्दैैन, हामीलाई धेरै कुरा थाहाँ छ र त्यसलाई हामी उर्जा नीतिमा जोड्ने छौं ।’
पार्टीको उर्जा नीति कस्तो हुनुपर्छ भनेर मंगलबार दाङको लमहीमा छलफल गरेको बताएका उनले बुधबार कर्णाली र बिहीबार सुदुरपश्चिम प्रदेशमा त्यस्तो छलफल चलाउन खोज्नु पनि नौंलो अभ्यास भएको बताए ।
वाग्लले मुलुकले अहिले भोगिरहेको अर्थिक संकटको जडको कारण अहिलेको नभइ १५ बर्ष पुरानो भएको बताएका थिए ।
सन २००० तिर बर्षनी केही दर्जनको संख्यामा मात्रै युवा बिदेशीने गरेको आकँडा रहेपनि सन २००६ पछि हजारौं युवा बिदेश जान थालेको उनीहरुले पठाएको रेमिटेन्सका कारण देश टाप पल्टिनबाट जोगिदै आएको वाग्लेले बताए । युवा बिदेशीनुलाई गलत भन्न नमिल्ने पनि उनको तर्क थियो ।
बिस्तारै छेलोखेलो कर्जालाई सरलीकरण गर्दै जानु पर्नेमा बाह्य संकटले गर्दा राष्ट्र बैंकले एकाएक घच्याक्क ब्रके लगाउँदा अहिलेको असहज अवस्था सृजना भएको तर्क गरे ।