२०८१ बैशाख ८ गते शनिवार

विप्लवलाई वन्दुकको त्रास नदेखाउन माधवकुमार नेपालको आग्रह

तस्बिर : राजेश खत्री

लिलाधर वली,
दाङ, जेठ ६ । नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विप्लवलाई वार्ता र संवात मार्फत उत्पन्न समस्या समाधान गर्न आग्रह गरेका छन । प्रेस संगठन दाङले सोमवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता नेपालले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा उठाउने र साशन गर्ने सपना नदेख्न आग्रह गरे । उनले चन्दा उठाउने र त्रास पैदा गर्ने अधिकार कसैलाई अधिकार नभएको बताउँदै राज्यलाई कमजोर नठान्न चेतावनी दिए । पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आएर जनताको मन जितेर बहुमतका आधारमा कानुन संशोधन गर्दै आँफुले चाहेअनुकुलको शासन चलाउन आग्रह गरे । राज्यले पनि नियन्त्रणमुखी दिशामा लाग्नु गलत भएको उनले सरकार तानाशाही बाटोमा जान नहुने बताए ।

बरिष्ठ नेता नेपालले बालुवाटार जग्गा प्रकरणमा दोषी ठहर भए नेकपाका महासचिव विष्णु पौडेल लगाएत सबैलाई कारवाही हुनुपर्ने बताए । सरकारले सबै ठिक भएको छ भन्ने र प्रतिपक्षले सबै बेठिक भइरहेको छ भन्ने दुबै दृष्टिकोण आँफुलाई चित्त नबुझेको उनले बताए । सरकार जनता बीचको सम्वन्ध नङ र मासु अर्थात पानी र माछाको जस्तो हुनुपर्ने बताएका बरिष्ठ नेता नेपालले कम बोल्ने, धेरै सुन्ने र धेरै सुँघ्ने आचरण सरकारमा हुनुपर्ने बताए । स्वर्गिय सुशिल कोईरालालाई स्मरण गर्दै पूर्व प्रधानमन्त्री नेपालले अनियन्त्रित जिव्राले मनपरी बोल्दा कपालले पिडा र आलोचना खेप्नुपर्छ भन्ने कुराको हेक्का राख्न जरुरी रहेको उनले बताए । उनले पार्टीको पोलिट व्युरो गठन लगाएत कार्यविभाजनको काम निकट भविस्यमा हुने विश्वास व्यक्त गरे ।

मिडिया काउन्सिल विधेकका बारेमा पार्टीमा छलफल नै गरिएन
मिडिया काउन्सिल विधेक पार्टीमा छलफल नगरी ल्याइएको नेकपा बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन । पार्टीमा छलफल गर्ने बातावरण नहुदा धेरै विरोध खेप्नु परेको बताए । ‘महत्वपुर्ण निर्णयहरु गर्दा पार्टीमा छलफल हुनुपर्छ, तर, अहिले कुनैपनि विषयमा निर्णय लिदा पार्टीमा छलफल गर्ने गरिएको छैन’, नेपालले भने,‘पार्टीमा छलफल गर्ने चलन नै नहुनु दुःखद पक्ष हो ।’ उनले हाल उत्पन्न समस्या र सरकारको कामको समिक्षाको बारेमा समेत पार्टी भित्र कुनै छलफल नभएको उनले स्पष्ट पारे । बैठकबाट यस्ता कुराहरु आउँदा पर्दाखेरी सरकार एक्लो नहुने बताएका उनले आफुहरु संग परामर्ष तथा छलफल नै नगरी ल्याउन लागेको विधेकका बारेमा के भन्ने कुरा अन्यौंलता छाएको बताए । त्यस्तै उनले मिडियाका मानिसहरु समेत आएर आँफुलाई केही नभएको हुँदा त्यसवारे कुनै जानकारी नभएको जानकारी दिए । सरकारले महत्वपुर्ण निर्णय गर्दा पार्टीमा छलफल गर्नुपर्ने आफुहरुले पटक–पटक कुरा उठाएपनि त्यसलाई बेवास्ता गर्ने गरिएको भन्दै उनले असुन्तुष्टि पोखे ।

मिडिया काउन्सिल विधेयकको समर्थन वा विरोधका नवोलेका नेता नेपालले समाचारमा विश्वसनियतयाको सुनिश्चित हुनुपर्ने धाराना राखे । पछिल्लो समय पहिलो हुने नाममा समाचार सत्य र तथ्यमा भन्दापनि अनुमानको भरमा लेखिने हुदाँ पत्रकारिताप्रति आम मानिसको विश्वसनियता कम हुदै गएको उनको कथन थियो । ‘मनपरी गर्ने छुट त कसैलाई पनि दिनु हुन्न,’ नेपालले भने ‘अलिकति मिडियलाई अनुसासित भने बनाउन आवश्यक छ ।’तानाशाही मुलुकहरुमा जस्तो सरकारको प्रशंशा मात्रै गर्न नहुने बताएका उनले आचोचना गर्दा सत्य तथ्यका आधारमा हुनुपर्ने धारणा राखे । समाचारको विश्वसनियता र समाचारको वारेमा लेख्ने व्यक्तिले जिम्मेवार तथा जवाफदेही बन्नुपर्ने उनको कथन थियो । उनले केही समय अगाडि आफु तराइमा जाँदा स्थानीय रेडियोहरुले राष्ट्रविखण्डनकारी कुरा खुलेयाम गरेको सुनेको भन्दै त्यसप्रति रोष प्रकट गरे । तर उनले भष्टचार र गलतकुराहरु भने प्रेसले लेख्नै पर्ने बताए ।

प्रकाशित मिति : २०७६ जेष्ठ ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *