काठमाण्डौ ,पुस ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मङ्गलवार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन ।
प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उनले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन ।
प्रचण्ड विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन उनले सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार