२०८३ असार २७ गते शनिवार

लुम्बिनीमा केसी र थापाले सपथ लिए

दाङ, पुस ८ । लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीले आइतबार दिउँसो शपथ लिएका छन ।

प्रदेश प्रमुखको अमिक शेरचरले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको उपस्थितिमा नेकपा माओबादी केन्द्रकी कृष्णा केसी ९नमुना० सहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापा उद्योग तथा यातायात मन्त्रीको सपथ खुवाएका हुन ।

यो संगै लुम्बिनीमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या नौं पुगेको छ । मुख्यमन्त्री चौधरीले आठ महिनापछि मन्त्रिमण्डल बिस्तार गरेका हुन ।

चौधरी बैशाख १४ गते आठ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा एमाले र राप्रपा भने उनको बिपक्षीमा उभिएका थिए । मुख्यमन्त्री चौधरीले शनिबार दिउँसो केसी र थापालाई मन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री चौधरीले अझैंपनि एउटा मन्त्रालय आफुसँगै राखेका छन ।

प्रकाशित मिति : २०८० पुष ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *