२०८२ जेष्ठ ३० गते शुक्रवार

काँग्रेस भित्रको लफडा लुम्बिनी सरकार बिस्तारमा बिलम्ब

दाङ, पुस ६ । नेपाली काँग्रेस भित्रको आन्तरिक लफडाका कारण लुम्बिनी प्रदेश सरकार बिस्तारमा बिलम्ब हुँदै आएको छ ।

अब सरकारमा पठाउने एक जनाको बिषयलाई लिएर पार्टी भित्र संस्थापन र इतरका बीचमा कुरा नमिलेपछि सरकार बिस्तारमा ढिलाई हुँदै आएको हो ।
लुम्बिनी सरकारका प्रबक्ता गृहमन्त्री सञ्तोष पाण्डेले सरकारले कहिले पूर्णता पाउँछ भन्ने बारे भन्न सक्ने अवस्था नरहेको जानकारी दिए ।
पछिल्लो समय नेकपा माओबादी केन्द्रले बाँकेकी कृष्णा केसीलाई मन्त्रीमा पठाउने निर्णय यसअघि नै टुँगो लगाइ सकेको छ । काँग्रेसले प्यूठानका रोज राणालाई पठाउने चर्चा बढे संगै त्यसैमा बिबाद सुरु भएको हो ।

काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले मुख्यमन्त्री चौधरीले सरकारले कहिले पूर्णता पाउँछ भन्ने कुरा एकिनका साथ भन्न कठिन रहेको जानकारी दिए ।

काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मुख्यमन्त्री चौधरीले पार्टी संग कुनै समन्वय नगरी एक लौटी गरे स्वीकार्य नहुने चेतावनी दिए ।
‘पार्टी संगको समन्वय विना जे मन लाग्यो त्यही गरे त्यो स्वीकार्य हुने छैन,’ उनले भने ।
सभापति पुनले आँफु मुख्यमन्त्री चौधरी आँफुसंग सरकार बिस्तार बारे पछिल्लो समय कुनै सरसल्लाह नगरेको बताए । लुम्बिनी प्रदेश सरकारमा हालसम्म मुख्यमन्त्रीसहित सरकारमा दुई जना मात्रै सहभागि छन् । संस्थापन पक्षधर मानिने मुख्यमन्त्री चौधरी र दाङकै राजु खनाल स्वास्थ्य मन्त्री छन् । अर्कौ तर्फ प्रदेश सभापति पुन संस्थान इतर समुहका हुन ।

काँग्रेसको तर्फबाट दाङबाट निर्वाचित डिल्लीबहादुर चौधर बैशाख १४ गते मुख्यमन्त्री बनेका थिए । सरकारलाई पूर्णता दिन यसअघि उनले पटक पटक गरेको प्रयास आन्तरिक बिबादका कारण नै पुरा हुन नसकेको हो ।

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *