२०७७ कार्तिक १० गते सोमवार

तोप्पापानीमा एम्वुलेन्स र वर्थिङ्ग सेन्टरको सुविधा


तुलसीपुर,३ जेठ । तुलसीपुरको तोप्पापानीमा एम्वुलेन्स सेवा र वर्थिङ्ग सेन्टरको उद्घाटन गरिएको छ । उपमहानगरपालिकाको विकट ठाउँ मानिने वडा नम्वर १९ का हरेक नागरिकलाई स्वास्थ्यको पहुँच पुर््याउन त्यसले सहजहुने स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले आशा व्यक्त गरे । विकट वडालाई लक्षित गरेर ३ वटा एम्वुलेन्स आएको जानकारी दिएका उनले अन्य वडामा पनि क्रमश वितरण गरिने जानकारी दिए । एम्वुलेन्स सेवामा ज्येष्ठ नागरिक, सुत्केरी ,अपाङ्गलाई ५० प्रतिशत छुट दिइने दाहालले बताए ।

वर्थिङ्ग सेन्टर स्थापना हुनुभन्दा अगाडि सुत्केरी हुनका लागि तुलसीपुरमा रहेको प्रादेशिक अस्पताल मै जानुपर्ने वाध्यता थियो । त्यसले सुत्केरी हुने महिला र बच्चाको स्वास्थ्य जोखिमा पर्दै आएको थियो । उपमहानगरपालिकाले फुलवारी, डुरुवा, उरहरी, मानपुर, पवननगर लगायतका ठाउँमा वर्थिङ्ग सेन्टर स्थापना गरिसकेको छ ।

उद्घाटन कार्यक्रममा वोल्दै नगरप्रमुख घनश्याम पाण्डेले जनताको स्वस्थ रहने अधिकारको रक्षा गर्न उपमहानगर प्रतिवद्ध रहेको वताए । पाण्डेले जनताको स्वास्थ्य राम्रो भए मात्रै विकास र समृद्धि सम्भव हुने भन्दै स्वास्थ्य चौकीका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गरिने प्रतिवद्धता जाहेर गरे । ‘अव वच्चा जन्माउन नसकेर यस क्षेत्रमा कुनै पनि महिलाको मृत्यु हुने छैन’ पाण्डेले भने । वच्चा जन्माउन सक्ने सामान्य अवस्था भए वर्थिङ्ग सेन्टरमै र जटिल भए एम्वुलेन्सले अस्पतालसम्म लैजान सहज पाण्डेले बताए ।

कार्यक्रममा वोल्दै उपप्रमुख माया आचार्यले वर्थिङ्ग सेन्टरलाई २४ सै घण्टा सञ्चालन गर्नका लागि उपमहानगरपालिकाका तर्फबाट जुनसुकै सहयोग गर्न पनि तयार रहेको दाबी गरिन । वडा नम्वर २ का वडाध्यक्ष एवम् स्वास्थ्य समिति संयोजक राजु आचार्यले उपमहानगरपालिका भरि नै स्वास्थ्य संस्थाहरुको सेवा सुधारमा ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा नेकपा प्रदेश कमिटीका सदस्य टोपेन्द्र खत्रीले विकट वडाका जनताका समस्या समाधान गर्नमा उपमहानगरपालिकाले पहिलो प्राथमिकता दिनुपर्ने कुरामा जोड दिए । नेपाली कांग्रेसका नेता हिमवहादुर डाँगीले स्वास्थ्य चौकीमा नयाँ सेवा सञ्चालन गर्नुका साथै यसलाई निरन्तरता दिनु चुनौति रहेको वताए । वडाध्यक्ष राम वहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य स्वयम् सेविका रेखा रोका,कुटिचौर माविका प्रअ गोपाल खड्का, उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त आचार्य लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *