२०७७ कार्तिक १५ गते शनिवार

मिडिया काउन्सिल सम्वन्धि विधेक विरुद्ध घोराहीमा प्रर्दशन


दाङ, जेठ ३ । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकका विरुद्ध दाङका पत्रकारले प्रर्दशन गरेका छन् । नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले शुक्रबार घोराहीमा प्रदर्शन गरेका हुन । प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ताको लागि दबाब दिन नेपाल पत्रकार महासंघको सभाहलबाट शुरु भएको र्यालीले घोराही बजारका बिभिन्न टोलको परिक्रममा गरि महासंघको प्राङगणमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनमा सहभागिहरुलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब उदय जिएमले स्वतन्त्र पत्रकारितमा अंकुश लगाउन खोज्नु विडम्वना भएको बताएका थिए । उनले त्यसमा पुर्नंबीचार गर्न आग्रह गर्दै त्यो विद्येक खारेज गर्न माग गरेका छन् । लोकतन्त्रिक मुलुकमा पूर्ण प्रेस स्वतन्त्रता अपरिहार्य भएको हुँदा त्यस विपरित जान खोजे थप आन्दोलन गर्ने उनले चेतावनी दिएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनले पत्रकारहरुलाई नियन्त्रण गर्ने र अंकुश लगाउने मिडिया काउन्सिल बिधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् ।नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन लगायतका संघ संगठनले प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, संसदिय समितिका सभापति लगाएतलाई भेटेर यसअघि नै विधेयक फिर्ता लिन आग्रह गरि सकेका छन् । पत्रकारहरुले जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ध्यानकार्षण पत्र पठाइ सकेका छन् ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *