२०८१ बैशाख ७ गते शुक्रवार

नगर स्तरिय योजनामा जनताका गुनासै गुनासा


तुलसीपुर, बैशाख ३ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ का वडावासीहरुले ठेक्कामा गएका नगर स्तरिय योजनाको गुणस्तरीयता माथि प्रश्न उठाएका छन् । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ मा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियहरुले उपभोक्ता समिति र ठेक्का प्रकृयामा गएका विकासविच ठुलो भिन्नता रहेको गुणासो गरे । वडा अध्यक्ष चित्र वहादुर वली लगायत वडा सदस्यहरु र नगरपालिकाबाट आउनु भएका प्रतिनिधिहरुलाई प्रश्न गर्दै सार्वजनिक सुनुवाईका सहभागिहरुले धेरै ठांउमा सिस्टम मार्फत काम हुने गरेको भन्दै यो अनियमितताको सिस्टमलाई तत्काल नियन्त्रण गर्न माग गरे ।

जवाफमा वडा अध्यक्ष वलीले वडा कार्यालयलाई जानकारी नै नदिई योजना छुट्याउने, वडाको सहकार्य विनै आफु अनुकुल ठेक्का दिने र ठेकेदार वडा कार्यालयप्रति जवाफदेहि नहुदा समस्या उत्पन्न भएको वताए । वलीले वडा स्तरिय योजनामा कुनै पनि कमिकमजोरी हुन नदिने दावी गर्दै नगर स्तरिय योजनाका विषयमा भने वडासंग समन्वय नभएकाले पुर्ण जानकारी नभएको वताए ।

सहभागीहरुले खरको छाना भएकाहरुलाई जस्तापाता वितरणमा ढिलाई, दामोदर सडक तथा अन्य नगर स्तरिय योजनामा भइरहेको लापरवाही, जेष्ठ नागरिक परिचय पत्र व्यवहारमा लागु नभएको, उपभोक्ता समितिलाई योजना सम्झौता तथा फच्र्यौट प्रकृया झन्झटिलो भएको, विकासमा सिस्टम मिलाएर अनियमिमतता हुने गरेको जस्ता गुणासाहरु सार्वजनिक सुनुवाईमा राखेको वडा सदस्य सुवास डांगीले जानकारी दिए ।

विभिन्न प्रश्न र जिज्ञासाको जवाफ वडा अध्यक्ष चित्र वहादुर वली, वडा सदस्यहरु सुवास डांगी, घनश्याम गौतम, निर्मा चौधरी, खिमा कुमारी विक, नगर पालिकाको तर्फबाट साखा अधिकृत टंक गौतम, सुचना अधिकृत झरेन्द्र खरेल, जसपुर प्रहरी चौकीका ईन्चार्ज प्रेम वहादुर ओट, अमर माविका प्र अ पदम न्यौपाने तथा विभिन्न उपभोक्ता समितिका अध्यक्षहरुले दिएका थिए । कार्यक्रमको सहजिकरण तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकृत झरेन्द्र खरेलले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *