घोराही, पुस १ । गुरुकुल एकेडेमीले विद्यालयमा अध्ययनरत कक्षा प्रि २ देखि कक्षा ७ सम्मका विद्यार्थिहरुका लागि संचालन गरेको वर्कशप आइतबार सफलता पुर्वक सम्पन्न भएको छ ।
घोराही उपमहानगरपालिका भित्र रहेको बिभिन्न ४ होटलमा गु्रप बिभाजन गरी वर्कशप संचालन गरीएको हो । घोराहीमा रहेको होटल डोको , होटल माला इन , भिग्रेली रीसोर्ट र दाङ फन भ्याली प्रालिमा बिद्यार्थिहरुलाई लगेर कार्यक्रम गरिएको थियो ।
विद्यालयको कक्षा कोठा भन्दा फरक वातावरणमा लगि २÷२ वटा कक्षाका विद्यालर्थिहरुलाई एक ठाँउमा राखि वर्कशप गरिएको हो ।
सानो कक्षाका विद्यार्थीहरुले ठुलो कक्षाबाट केही सिक्ने र ठुलो कक्षाका विद्यार्थीहरुले सानालाई केहि सिकाउने र साथ साथै विद्यार्थिहरुको सर्वागिंन विकासकालाई वाह्य बातावरणमा लगि यस्तो वर्कशप गरिएको विद्यालयले बताएको छ ।
विद्यालयमै वर्कशप नगरि बाहिर लगिएको बारेमा अभिभावक कति सन्तुष्ट छन भन्ने बारेमा प्रतिक्रिया लिदा गुरुकुलमा हरेक क्रियाकलाप घोकन्ते विद्या मात्र नभएर ब्यवहारीक ज्ञान पनि प्रदान गर्ने गरेको र आजको यो वर्कशप पनि आफ्नो कन्फिडेन्ट लेभल बढाउने र धेरै अतिरीक्त कुराहरु सिक्ने अवशर मिलेकोमा कक्षा ६ मा अध्ययनरत छात्र सुसान्त प्रोख्रलका वुवा राम प्रसाद पोख्रल निकै खुसि भएको बताए ।
साथै उनले आफ्ना छोरा गुरुकुलबाट ४ जिपिए ल्याउन पनि यस्तै क्रियाकलापले सफल भएको बताए ।
यस्तै अर्का अभिभावक माधव आचार्य पनि विद्यालयको काम प्रति निकै खुसी भएको बताए ।
विद्यालयले ४ वटा समुहको नेतृत्व आइएसए संयोजक इन्द्र प्रसाद पोख्रेल , शिक्षिका सुनिता रानि पुन , मन्टेस्वरी संयोजक लोचना पौडेल र विज्ञान विषयका बिभागिय प्रमुख भुवन आचार्यलाई खटाएको थियो । वर्कशपको ब्यबस्थापन ईसिए संयोजक विशालमान श्रेष्ठले गर्नुभएको थियो भने संयोजकमा महेन्द्र पौडेल रहेका थिए ।
विद्यार्थीहरुको लागि विद्यालयले हरेक बर्ष यस्ता अतिरीक्त क्रियाकलापहरुमा विद्यार्थीहरुलाई सहभागि गराउदै आएको छ ।
गुरुकुल एकेडेमीले पुर्ण मानव बनाउने लक्षका साथै शैक्षिक क्रियाकलाप अगाडि बढाइरहेको छ ।
यहि लक्ष अनुरुप गुरुकुल एकेडेमीले २०८० बैशाखबाट तुलसीपुर र लमहीम पनि विद्यालयहरु संचालनमा ल्याउन लागेको छ ।