२०७७ कार्तिक १४ गते शुक्रवार

तुलसीपुर ७ नं. वडाका विद्यार्थीलाई दुव्र्यसनी विरुद्ध प्रशिक्षण

यमकला भुसाल,
दाङ,जेठ २ । लागु पदार्थ दुव्र्यशन र मादक पदार्थ न्यूनिकरणको अभियानमा सरकारी निकायले थप पहल गर्नुपर्ने बक्ताहरुले बताएका छन् ।
रिपोर्टस क्लव दाङको आयोजनामा विहीवार तुलसीपुर ७ कालाखोलामा भएको लागु पदार्थ दुव्र्यशन तथा मादक पदार्थ सचेतना कार्यक्रमका बक्ताहरुले त्यस्तो कुरा बताएका हुन । लागु औषध दुव्र्यशनीले समाजलाई नै नकारात्मक प्रभाव पार्ने भएको हुँदा सबैको सहयोगले मात्रै न्यूनिकरण गर्न सकिने बक्ताहरुले बताएका हुन कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले लागु औषध दुव्र्यशन र मादक पदार्थ अहिले समाजमा चुनौतीका रुपमा देखापरेको भन्दै त्यो नियन्त्रण गर्न सबै लाग्नु पर्ने बताए ।

‘समाजमा रहेका विकृतिलाई हटाउन सबैले हातेमालो गरेर अघि बढेनुपर्छ तब मात्र समाज परिवर्तन गर्न सकिन्छ,’ मेयर पाण्डेले भने । उनले लागु औषध र मादक पदार्थको सेवनमा न्यूनिकरण गर्न स्थानीय तहले पहल चालिरहेकाले दाबी गरे ।

तर कार्यक्रमलाई सम्वोधन गर्दैै ५ नं. प्रदेशका प्रहरी प्रमुख एवं डिआइजी पिताम्बर अधिकारीले अहिले प्रदेश नं ५ का सबै जिल्लामा लागु औषध प्रयोगकर्ता बढेको तथ्याङ्क प्रस्तुत गर्दै त्यो चिन्ताको विषय भएको बताएका थिए । त्यो न्यूनिकरणको लागि सबैले भूमिका खेल्नुपर्ने उनको कथन छ ।

कार्यक्रममा तुलसीपुका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु,तुलसीपुर वडा नं ७ का वडा अध्यक्ष टोपबहादुर केसीले देशको अमुल्ले युवा जनशक्ति लागु औषध दुव्र्यसनमा फसेको भन्दै सबै सचेत नागरिकले त्यो न्यूनिकरणको लागि भूमिका खेल्नु पर्ने बताए ।

कार्यक्रममा वडा नं. ७ भित्रका ९ वटा विद्यालयका विद्यार्थी,शिक्षक अभिभाबकलगाएत लाई अधिबक्ता डिल्लीराज धिताल र ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रमेबहादुर शाहीले लागु औषध दुव्र्यशन र मादक पदार्थ प्रयोग वाट हुने हानी तथा न्यूनिकरण गर्ने उपाएका बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रम रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मीको अध्यक्षतामा भएको हो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *