२०८२ असार ६ गते शनिवार

ज्ञान दीप कलेजमा बिजि एकाउण्टिङ कक्षा सञ्चालन

तुलसीपुर,मंसिर २९ । ज्ञान दीप कलेज तुलसीपुर दाङमा बिजि एकाउण्टिङ कक्षा सञ्चालन गरिएको छ ।

ब्यबहारिक शिक्षालाई आत्मसाथ गर्दै बजारमा बिक्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न कलेजले बिजनेश एकाउण्टिङ सफ्टवेयर तालिमको सुरुवात गरेको ज्ञानज्योति फाउण्डेसनका सिओ सुरेन्द्र जिसिले जानकारी दिए ।

पछिल्लो समयमा बिदेश जानेहरुको होडबाजी रहेको बताउँदै उनले अभिभावकलाई ऋणको भारि बोकाएर अध्ययनकै लागि बिदेश जान नहुने तर्क गरे । शुक्रबार एक कार्यक्रमका बिच एक महिना देखि सञ्चालनमा रहेको बिजि एकाउण्टिङ कक्षाका सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उधोग बाणिज्य सघंका महासचिव बिनिल केसीले बजारमा दक्ष जनशक्तिको खाँचो भएको बताए । उनले विद्यालयले विद्यार्थीहरुलाई सकारात्मक सन्देश प्रवाह गर्दै बिदेशको लहरबाट रोकेर देशको सेवा गर्ने बाताबरण श्रृजना गर्नुपर्नेमा जोड दिए ।

युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्न उद्यमशिलता र देश बिकासको मोडेल परिवर्तन गर्नेपर्ने उनको भनाई छ ।

कार्यक्रममा प्रशिक्षक चार्टर अकाउण्टेन्ट उज्वल थापा,मनोज कुमार केसी,नेपाल पत्रकार महासघं दाङका कोषाध्यक्ष शरद रेग्मी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *