२०८० फाल्गुन २० गते आइतवार

खेल जगतको विकासका लागि सरकार प्रतिबद्ध भएर लागेको छ ः मन्त्री लिम्बु

नेपालगन्ज ,मंसिर २३ । नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेल जगतको विकासका लागि सरकार प्रतिबद्ध भएर लागेको बताएका छन ।

नेपाली काँग्रेस बाँकेले शनिवार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले तीन तहको सरकारले विशेष प्राथमिकतामा राखेर खेल जगतको विकास गर्न जरुरी रहेको बताए ।

सरकार खेल र खेलाडीप्रति गम्भीर भएर लागेको मन्त्री लिम्बुको भनाई छ ।खेलाडीको मनोबल उच्च राख्न सरकार सधैँ लागिपरेको उनले बताए । उनले अहिलेको युवा पुस्तालाई खेलप्रति आकर्षण गर्न जरुरी रहेको पनि बताए ।

मन्त्री लिम्बुले देशमा विद्यमान खेलकुद संरचनाको अवस्था, पूर्वाधार निर्माणको आवश्यकता, खेल जगतको समग्र अवस्था बुझ्न आफू अहिले जिल्ला भ्रमणमा हिँडिरहेको उल्लेख गरे ।


आफू मन्त्री बन्नु अघि बजेट बनिसकेका कारण आफ्नो सोच अनुसार काम हुन नसकेको भन्दै उनले जनअपेक्षा अनुरूप काम गर्न सक्दो प्रयास भने गरिरहेको बताए ।

नेपाली काँग्रेसलाई गुटका नाममा कमजोर बनाउन नहुने भन्दै लिम्बुले एकताबद्ध काँग्रेस अहिलेको आवश्यकता रहेको बताए ।

उनले काँग्रेस सरकारमा सहभागी भएकाले जनउत्तरदायी बनेर मन जित्नुपर्ने आवश्यकता औँल्याए ।

नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीले जिल्लामा युवा, खेल र खेलाडीको विकासका लागि मन्त्री लिम्बुसमक्ष पार्टीका तर्फबाट ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा नेता कार्यकर्ताले मन्त्रीसमक्ष आफ्ना जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *