२०८० फाल्गुन २० गते आइतवार

विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न


तुलसीपुर,मंसिर २२ । लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना विषयक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता ज्ञान ज्योति मावि तुलसीपुरमा सम्पन्न भएको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन हेतु, पर्यटन सचेतनाका लागि शुक्रबार आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा कक्षा ७,८,९ र १० का गरि ९ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

प्रतियोगितामा कक्षा ७ की एन्जल गिरी प्रथम, कक्षा ७ कै श्रृष्टी महन्त, द्धितिय र कक्षा १० की छात्रा समिक्षा चन्द तृतिय स्थान हासिल गरेका हुन । उनीहरुलाई मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रमोद सुवेदीको अध्यक्षता तथा मदन कुमार बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको निर्णायक मण्डलमा शिक्षक भिमलाल मरासेनी, रिता जिसी र कमला खत्री रहेका थिए । टुरिजम रिसर्च ट्रेनिङ ईन्स्टिच्युट प्रालिको आयोजनामा वक्तृत्वकला प्रतियोगिता भएको थियो ।

उक्त कार्यक्रमको सहजीकरण बिद्यालयका शिक्षक अनन्त शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *