२०७७ कार्तिक ४ गते मङ्गलवार

छात्राहरूलाई महिनावारी शिक्षा

तुलसीपुर, बैशाख ३१ ।

तुलसीपुर उपमहानगरपालिका–११ रहेको माध्यमिक विद्यालय अस्वारामा छात्राहरुलाई महिनावारीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको छ । महिनावारी समस्यालाई छात्राहरुले खुलेर भन्न सक्ने गरी सरसफाईलगायतमा जानकारी दिन महिनावारी शिक्षा तथा पोषण कार्यक्रम गरिएको हो ।

तुलसीपुरमा रहेको समृद्धिका लागि युवा नामक संस्थाले विद्यालयमा अध्ययनरत कक्षा ६ र ७ का करिब ६० जना छात्रालाई महिनावारी तथा पोषण शिक्षा प्रदान गरेको हो । कार्यक्रममा छात्राहरुलाई रक्तअल्पतासम्बन्धी जानकारी, स्यानिटरी प्याड बनाउने, प्रयोग गर्ने विधि, महिनावारी भएको अवस्थामा व्यवस्थापनका शिक्षा प्रदान गर्न कार्यक्रम गरिएको संस्थाका अध्यक्ष गीता चन्दले जानकारी दिइन् ।

विद्यालयमा अध्ययनरत्त छात्राले महिनावारी समस्याका कारण विभिन्न समस्या झेल्नुपरेकाले संस्थाले विभिन्न समयमा यस्ता कार्यक्रम गर्ने गरेको उनको भनाई छ । कार्यक्रममा संस्थाका पोषण शिक्षा अधिकृत सर्जु बरालले महिनावारी समस्या खानपानका कारण पनि हुने भन्दै पोषिलो खानेकुरामा ध्यान दिनुपर्ने बताइन् ।

उनले महिनावारी समस्या छात्राहरुले खुलेर भन्न सकेमात्रै समस्याको समाधान निकाल्न सकिने बताईन् । अज्ञानताका कारण अधिकांश छात्रामा महिनावारी समस्या देखिने, खुलेर भन्न नसक्ने भएका कारण विभिन्न समस्या आउने गरेको भन्दै छात्रालाई महिनावारी शिक्षा प्रदान गरिएको उनले बताईन् ।

किरण चन्द, सुवास चन्द, खिमा डिसी, कपिल चन्द, कृष्ण वली, सागर विसी, खिम वलीले कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा सहभागी छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको थियो ।

 

प्रकाशित मिति : २०७६ बैशाख ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *