२०७७ कार्तिक १३ गते बिहिवार

सुनका गहना चोरी कार्यमा संलग्न व्यक्तिहरु पक्राउ


दाङ, वैशाख ३० । सुनका गरगहना चोरी कार्यमा संलग्न चार जना व्यक्ति पक्राउ परेका छन् । दुईजना भने फरार रहेका छन् । चोरी कार्यमा संलग्न साविक कोईलावास वडा नं. ९ घर भइ हाल घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी २१ बर्षीय सद्दाम हुसेन रंगरेज पक्राउ परेपछि थप अन्य छ जनापनि चोरी कार्यमा संलग्न भएको खुल्न आएको हो । विभिन्न चार जना पीडित व्यक्तिको जाहेरीको आधारमा रंगरेज पक्राउ परेपछि वयानका आधारमा चोरीको सुन लुकाउने र पगाल्ने कार्यमा संलग्नहरुको पहिचान खुलेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहका अनुसार उक्त कार्यमा संलग्न मध्य नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ देवाफूवारी बाँके घर भई हाल घोराहीको वडा नं. १४ मा कोठा भाडामा बस्दै आएका २१ बर्षीय अमर थापा, साविक रोल्पा जिल्लाको जंकोट गाविस वडा नं. ५ घर भई हाल घोराही १६ लेटार निवासी २७ बर्षीय खिमबहादुर घर्ती, घोराही १३ वडरा घर भई हाल घोराही १५ निवासी २७ बर्षीय जीवन भनिने डम्मरबहादुर वली, घोराही १४ निवासी तथा न्यू सुनचाँदी पसलका संचालक ४४ बर्षीय पुनलाल गहतराज (विक) र सोही ठाउँ निवासी दिपिका सुनचाँदी पसलका संचालक ४० बर्षीय गुमानसिंह सुनार, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. २ झण्डी बजार स्थायी घर भई हाल घोराही १४ त्रिमुर्ति चोक निवासी ७१ बर्षीय राधिका सुनचाँदी पसलका संचालक डम्मरलाल विश्वकर्मा पक्राउ परेका छन् । उनीहरुको साथ बाट १० लाख ७९ हजार ४ सय १९ रुपैंया नगद र सुनका गरगहना बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उक्त घटनामा संलग्न अझैं केही व्यक्ति फरार रहेका छन् । जसमा घोराही १५ निवासी शाक्य गहना पसलका संचालक ३६ बर्षीय सुभास शाक्य र सोही ठाउँकै शाक्य गहना पसलका संचालक ४५ बर्षीय हेमराज शाक्य रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *