२०८० फाल्गुन २० गते आइतवार

लाेेक नृत्य प्रतियोगिता सम्पन्न


दाङ, मङ्सिर १६। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङ शाखाकाे आयाेजनामा आज शनिबार लाेक नृत्य प्रतियोगिता सम्पन्न भएकाे छ ।

केन्द्रीय प्याब्सनकाे आयाेजना हरेक वर्ष हुँदै आएकाे राष्ट्रिय लाेक नृत्य प्रतियोगिताका लागि जिल्ला स्तरीय लाेक नृत्य छनाैट चरणकाे कार्यक्रम घाेराहीस्थित मेचीकाली आवासीय माध्यमिक विद्यालयमा सम्पन्न भएकाे हाे ।

प्रतियोगितामा गाेरखा माेडेल लमही प्रथम, लिटल एञ्जल राप्ती भालुवाङ द्वितीय र गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घाेराहीले तृतीय स्थान प्राप्त गरेका छन् ।

प्रतियोगितामा प्रथम र द्वितीय भएका विद्यालयका विद्यार्थी भाेलि आइतबार बुटवलमा हुने लुम्बिनी प्रदेश स्तरीय छनाैट प्रतियोगितामा सहभागी हुनेछन् । प्रदेशकाे छनाैट चरणबाट प्रथम समूह समूह केन्द्रीय प्याब्सनले आयाेजना गर्ने प्रतियोगितामा सहभागी हुनेछन् ।

जिल्लामा उत्कृष्ट भएका तथा सहभागी विद्यार्थी र विद्यालयलाई आगामी पाैष २४ गते प्याब्सनकाे स्थापना दिवसका अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीकाे अध्यक्षता तथा प्याब्सन केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा प्याब्सन घाेराहीका अध्यक्ष बीरेन्द्र चन्द, मेचीकाली आवासीय माविका अध्यक्ष धर्मबहादुर केसी लगायतले मन्तव्य राखेका थिए ।

प्याब्सन दाङका उपाध्यक्ष चक्रबहादुर रावतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *