२०७७ मङ्सिर १४ गते आइतवार

श्रीगाउँमा जीपको ठक्करवाट एक बालकको मृत्यु

दाङ, वैशाख २९ । पिकअप जीपको ठक्कर वाट आइतवार एकजना बालकको मृत्यु भएको छ। दंगिशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँ निवासी ७ बर्षीय किरण पुनको जीपको ठक्कर बाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार रगैंचाबाट तुलसीपुर तर्फ आउँदै गरेको ग १ ज ५६६४ नम्वरको पिकअप जीपको ठक्कर बाट गम्भीर घाइते बालक पुनको मृत्यु भएको छ । जीपले बालक पुनलाई दिउँसो ४ बजेर १० मिनेट तिर ठक्कर दिएपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बागरमा उपचारका क्रममा सवा ४ बजेतिर मृत्यु भएको प्रहरीले बताएको छ । चालक र जीपलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *