२०७७ कार्तिक ९ गते आइतवार

२० हजार घुससहित नापी कार्यालय बुटवलका सर्वेक्षक पक्राउ


बुटवल, बैशाख २९ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले सेवाग्राहीसँग घुस लिदा–लिदै पश्चिम नवलपरासीको नापी कार्यालयका सर्वेक्षकलाई नियन्त्रणमा लिएको छ । अख्तियारले नापी कार्यालयका सर्वेक्षक छत्रबहादुर ठगुन्नालाई सेवाग्राहीसँग लिएको २० हजार घुस रकमसहित पक्राउ गरेको हो ।

सर्वेक्षक ठगुन्नाले सेवाग्राहीको फिल्डमा भएको पूर्जामा नभएको साढे ५ धुर जग्गा पूर्जामा मिलाइदिने भन्दै बर्दघाटका एक सेवाग्राहीसँग २० हजार घुस लिएका थिए । ठगुन्नामाथि अनुसन्धान जारी रहेको अख्तियारको टोलीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *