२०८२ असार ६ गते शनिवार

सुनको मुल्य अहिलेसम्मकै उच्च,तोलामा कति पुग्यो?

काठमाडौँ,मंसिर १३ । नेपाली बजारमा सुनको भाउ आकासिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको भाउ प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ।

यो अहिलेसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ ।यो हप्ता सुनको भाउ निरन्तर उकालो लागेको छ।

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ। हिजो मंगलबार एक तोला सुनको मूल्य १ लाख १७ हजार ७ सय रुपैयाँ थियो।सोमबारको तुलनामा मंगलबार सुनको भाउ ३ सय रुपैयाँ बढेको थियो।आइतबारदेखि बुधबारसम्म आइपुग्दा सुन तोलामा २ हजार ४ सय रुपैयाँ बढेको महासंघले जनाएको छ ।

सुनमात्र नभएर चाँदीको मूल्य पनि बढेको छ बुधबार चाँदी तोलाको १५ सय २० रुपैयाँ पुगेको छ।अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको कारण नेपालमा पनि बढेको हो।

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *