२०७७ कार्तिक १० गते सोमवार

वन्यजन्तुबाट मकै बालीमा क्षति


शंकर के सी,
सल्यान, २९ बैशाख ।
सल्यानमा वन्यजन्तुबाट भएको क्षतीको राहत रकम वितरण गरिएको छ । वन्यजन्तुले बालीनालीमा क्षति पु¥याएका किसान र वन्यजन्तुको आक्रमणमा परी घाइते भएकाहरुलाई डिभिजन वन कार्यालय सल्यानले राहत रकम वितरण गरेको हो । जिल्लामा मकै बालीमा बँदेलले क्षति पु¥याएका १३ जना किसानलाई राहत रकम वितरण गरिएको डिभिजन वन कार्यालय सल्यानका रेन्जर अञ्जना शर्माले जानकारी गराइन् ।

उनले भनिन्, ‘क्षतिको आधारमा किसानलाइ ८ हजारदेखि १० हजारसम्म राहत उपलब्ध गराइएको छ ।’ वन्यजन्तुले बालीमा क्षति गराए बापत राहत रकम पाउने सबै कपुरकोट गाउँपालिकाका मात्रै किसान रहेका छन् । निवेदन नै नआएकाले अन्य क्षेत्रका किसानले राहत नपाएको उनको भनाइ छ ।

यस्तै जंगली जनावर भालुको आक्रमणबाट घाइते भएका शारदा नगरपालिका ५ निवासी सुजन थापालाई उपचार खर्च वापत ३१ हजार १२९ र सोही ठाउँ निवासी भिमकुमारी श्रेष्ठलाई ५८ हजार ९८४ रुपैयाँ उपलव्ध गराइएको पनि रेञ्जर शर्माले बताइन् । चितुवाको आक्रमणमा परी घाइते शारदा नगरपालिका–१२ का राधिका बोहोराले पनि उपचार खर्च प्राप्त गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन संरक्षणमा वक्ताहरुको जोड

कपुरकोट क्षेत्रका पीडित किसानलाई आइतबार एक कार्यक्रमका बीच राहत रकम हस्तान्तरण गरिएको हो । राहत रकम हस्तान्तरण गर्दै गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिमबहादुर सेनले किसानहरु बारम्बार पीडित बनिरहनुपरेको भन्दै जंगली जनावरको आतंकबाट हैरान भएका किसानलाई उचित राहतको ब्यवस्था हुनुपर्नेमा जोड दिए ।

कपुरकोट गाउँपालिकाका प्रमुखसमेत रहेका सेनले किसानको हित हुने खालको वन ऐन, नियम बनाउनका लागि आफूहरु क्रियाशील भइरहेको बताए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम शर्माले पछिल्लो समय हिउँदे बर्षे र नगदेबालीलाई समेत असर पु¥याउने गरी बाँदर, दुम्सी, बँदेल, मृग, चितुवाले किसानहरुलाई हैरान पारिरहेको अवगत बनाए ।

यद्यपि वन विनास हुँदा जंगली जनावरहरु आहाराको लागि किसानको खेतबारीतर्फ जाने गरेको बताउँदै जंगलको संरक्षणमा सबैको ध्यान जान जरुरी रहेको उनले बताए । विरजंग ओलीले सहजीकरण गरेको कार्यक्रममा डिभिजन वन कार्यालय सल्यानका रेन्जर अञ्जना शर्मा, कपुरकोट–३ का वडा अध्यक्ष मिन बहादुर सेन, वडा नम्बर ४ का वडा अध्यक्ष हरिलाल पुन, पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य सन्तोष घर्ती, महासंघकै सल्यान जिल्ला सचिव शंकर केसीलगायतले वन संरक्षण तथा वनमा आगलागीका घटना हुन नदिन सबै सक्रिय बन्न र सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ को तेस्रो संसोधन २०७५ अनुसार बाँके राष्ट्रिय निकुञ्जले रहत रकम उपलव्ध गराएको हो । सम्बन्धित किसानको खेतबारीमै कृषि कार्यालयका प्राविधिकहरुले क्षतिको मूल्यांकन गरेर वन कार्यालयमार्फत वन निर्देशनालय सुर्खेत पठाइएको थियो । वन निर्देशनालयले बाँके राष्ट्रिय निकुञ्जलाई आवश्यक कागजातसहितको फाइल पठाएपछि निकुञ्जले राहत रकम निकासा गरेको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *