
तस्बिर : राजेश खत्री/ फरककोण
दाङ, वैशाख २८ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण संघीयता खतरामा परेको बताएका छन् ।
चित्रबहादुर केसी भन्दा प्रधानमन्त्री ओलीलाई संघीयता मन नपरेको आरोप नेता थापाले लगाए । प्रधानमन्त्री नै यो व्यवस्थाको विरुद्धमा उभिएको दाबी गरेका नेता थापाले त्यसले गर्दा एक वर्ष त्यसै खेर गएको तर्क गरे ।
पूर्व मन्त्री समेत रहेका थापाले त्यही सोचका साथ प्रधानमन्त्रीले प्रदेश सरकारलाई कुनै अधिकार नदिएर पंगु बनाएको बताए । कार्यक्रमका विशिष्ट अतिथि थापाले मुख्य मन्त्रीहरु काम विहिन भएको प्रशंग जोड्दै ५ नं. प्रदेशका मुख्य मन्त्रीले दैनिक दुई तीन घन्टा सामाजिक संजाल चलाएर बसेको देख्दा आफु छक्क पर्ने गरेको बताए ।

तस्बिर : राजेश खत्री/ फरककोण
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि तथा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले सरकारले गफ मात्रै गरेको तर कुनैपनि चित्त बुझ्दो काम नगरेको दाबी गरे । उनले काँग्रेस भित्रका आन्तरिक समस्या समाधान गरेर एक ढिक्का भएर अगाडि बढे काँग्रेसलाई कुनैपनि शक्तिले पराजित गर्न नसक्ने बताएका थिए । प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, नेताहरु गेहेन्द्र गिरी, बुद्धिरामा भण्डारी, घनश्याम रेग्मी, शान्तिगनर गाउँपालिका अध्यक्ष कमानसिङ डाँगी, नेपाली काँग्रेस सल्यानका पूर्व सभापति ध्रुवराज पुरी, लेवेन्द्र धिताल, जिल्ला विकास समितिका पूर्व सभापति भरत केसी, क्षेत्र नं ५ का कार्यबाहक सभापति घनश्याम ढकाल, प्रेस युनियन दाङका पूर्व अध्यक्ष सुशिल बस्नेत, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ घोराहीका अध्यक्ष गुरु कडेल, तुलसीपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष बेनु अधिकारी, आयोजक संस्थाका उपाध्यक्ष गोकर्ण गिरीलगाएतले सम्बोधन गरेका थिए ।
कार्यक्रम प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष जनकप्रशाद खरालको अध्यक्षतामा भएको थियो भने सहजीकरण महासचिज झलक केसीले गरेका थिए ।