२०८० मङ्सिर १६ गते शनिवार

राजपुर गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालन


लमही, मंसिर ५ । राजपुर गाउँपालिकामा एकिकृत आँखा उपचार केन्द्रको उद्घाटन गरिएको छ ।

नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पताल र राजपुर गाउँपालिको साझेदारीमा राजपुर –२ को पवित्रनगर बेलामा एकिकृत आँखा उपचार केन्द्र मंगलवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले जनतालाई घर आगनमै आँखा स्वास्थ्य सेवा दिनका लागि साझेदारीमा एकिकृत आँखा उपचार केन्द्र सञ्चालन गरेको बताए ।

उनले अव आँखाको आधारभुक्त स्वास्थ्य सेवा जनताले पालिकामै पाउने बताए । उनले अन्धोपन न्युनिकरणका लागि पालिकाले नेपाल नेत्रज्योति संघ, लमही आँखा अस्पताल संग विभिन्न समयमा साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै पालिकामा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई निःशुल्क शल्यक्रिया गरि उज्यालो प्रर्दान गर्ने बताए ।

कार्यक्रममा उपाध्यक्ष धनपति यादवले पालिकाका जनताहरु अव आँखाको आधारभुक्त सेवा पाउनका लागि बाहिर जानुपर्ने बाध्यता अत्य भएको भन्दै आँखा जस्तो सवेदनशिल क्षेत्र लाई आफुहरुले सहयोग गर्ने बताइन् ।

उनले स्वास्थ्य त्यसमा पनि आँखा निकै संवेदनशिल भएको भन्दै पालिकामा अव कोही पनि अन्धोपनमा जिवन विताउन नपर्ने बताइन् ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखा का उपसभापति रेशमबहादुर खड्काले पालिका संग साझेदारीमा विभिन्न कार्यक्रमहरु गरि रहेको र साझेदारीमा उपचार केन्द्र सञ्चालन गरेको बताए ।

उनले यसको सम्पूर्ण दायित्व पालिकाले लिनुपर्ने बताए । कार्यक्रममा राजपुर गाउँपालिका वडा नं २ का वडाध्यक्ष ओम प्रकास यादवले पालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धिका लागि आँखा अस्पताल संगको साझेदारीमा उपचार केन्द्र सञ्चालन गरेको भन्दै अव पालिकाका जनतालाई सहज हुने बताए ।

कार्यक्रममा ‘हाम्रो कर्तव्य हाम्रो जिम्मेवारी आँखा स्वास्थ्यमा साझेदारी’ भन्ने मुल नारालाई साकार पार्न स्थानीय पालिकासंगको सहकार्य गरी साझेदारी कार्यक्रम अन्तर्गत दृष्टिविहिनता अर्थात अन्धोपनको समस्यालाई न्यूनिकरण गर्न प्रत्यक पालिकामा एउटा एकिकृत आँखा उपचार केन्द्र स्थापना गर्ने उद्धेश्य अनुरुप एकिकृत आँखा उपचार केन्द्र राजपुरमा सञ्चालन भएको प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिए ।

उनले नेपाल सरकारको स्वास्थ्य नीतिलाई सहयोग गर्न आफुहरु लागेको बताए । नेपाल नेत्रज्योति संघकासचिव घनस्याम सुवेदीको स्वागत मन्तव्यबाट सुरुभएको तलेकार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख कमलबहादुर रोकायले गरेका थिए ।

यस अघि संघले देउखुरीको गढवा, राप्ती गाउँपालिकाको भालुवाङमा आँखा उपचार केन्द्र सञ्चालन गरेको थियो भने मंगलवार देखि राजपुरमा उपचार केन्द्र सञ्चालन गरेहो । यस अघि गढवाको कोइलावासमा आँखा उपचार केन्द्र सञ्चालन गरि त्यहाँ मासिकरुपमा शल्यक्रिया सेवा दिदै आएको छ ।

त्यसै विच उद्धघाटनको अवसरमा आयोजित निःशुल्क आँखा जाँच कार्यक्रममा १४७ जनाको आँखा जाँच गरिएको नेत्र सहायक विमल घिमीरेले जानकारी दिएका छन् । जसमा ३२ जना मोतियाविन्दुका विरामीहरु भेटिएका छन् ।

उनीहरुलाई गाउँपालिकाको सहयोगमा लमही आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाका साथै औषधी र चश्मा समेत उपलव्ध गराउने कार्यालय सहायक टेकबहादुर चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *