
दाङ, वैशाख २७ । नेपाली काँग्रेस दाङ क्षेत्र नं. ४ ले जारी जनजागरण कार्यक्रमलाई भव्यरुपमा सफल वनाउन सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गरेको छ । कांग्रेस क्षेत्र नम्वर ४ का सभापति जगतवहादुर खड्काको अध्यक्षतामा शुक्रवार तुलसीपुरस्थित पार्टी कार्यालयमा वसेको क्षेत्रिय कार्यसमितिको वैठकले आगामी जेठ ६ गते देखि १० गते सम्म क्षेत्र नम्वर ४ अन्तर्गत विभिन्न ठाउँमा हुने जनजागरण कार्यक्रममा उपस्थितिका लागि नेता, कार्यकर्ता,शुभेच्छुक संघसंस्था लगाएत सबै प्रजातन्त्रवादीहरुलाई आग्रह गरेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि मोहनबहादुर वस्नेतले संवोधन गर्ने अभियानको तालिका अनुशार जेठ ६ गते विहान ७ वजे साविक मानपुरको पुरानो गाविस भवनमा, सोही दिन दिउसो २ वजे साविक विजौरी गाविसको पुरानो गाविस भवनमा, ७ गते विहान ७ वजे तुलसीपुर वडा नम्वर ५ र ६ को कालिका मन्दिर तुलसीपुरमा, सोही दिन दिउसो २ वजे साविक डुरुवा गाविसको कोटियाडाडामा, ८ गते विहान ७ वजे साविक फूलवारी गाविसको बगैचामा, सोही दिन दिउसो २ वजे साविक उरहरी र टगिगांउ गाविसको गौरीगांउ चौरमा, ९ गते विहान ११ वजे तुलसीपुर ४, ७ र साविक १ नम्वर वडाको गणेशपुर पार्कमा र १० गते क्षेत्र नम्वर ४ को पार्टी कार्यालय तुलसीपुरमा जनजागरण कार्यक्रम हुने क्षेत्रिय सचिव खिमवहादुर वलीले जानकारी दिएका छन् ।
साथै वैठकले काँग्रेस क्षेत्र नम्वर ४ का कोषाध्यक्ष पुष्प गिरीकी ममतामयी आमा तुलसीपुर १२ निवासी द्रोण कुमारी गिरी, ट्रेड युनियन कांग्रेस दाङका संस्थापक सभापति ऋष्रिाज आचार्यकी ममतामयी आमा तुलसीपुर १६ निवासी डम्विका देवी आचार्य, साविक शान्तिनगर गाविसका पार्टी सभापति वुद्धिराम तिवारीकी ममतामयी आमा र कांग्रेसका क्रियासिल सदस्य हुर्मत डांगीकी ममतामयी आमाको निधनप्रति दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ ।