२०८१ असोज २४ गते बिहिवार

भूकम्पमा घाइते भएका थप एकजनाको उपचारका क्रममा मृत्यु

सुर्खेत ,कात्तिक २४ । जाजरकोट भूकम्पमा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरज विष्ट रहेका छन् ।

उनको उपचारका क्रममा शुक्रबार बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रदेश अस्पतालका सूचना अधिकारी बिनोद बस्नेतले जानकारी दिए ।

अस्पतालमा २५ जना उपचाररत रहेका छन् ।

गत शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पमा परी जाजरकाेट र रुकुम पश्चिमकाे गरी १५४ जनाकाे मृत्यु भएकाे थियाे ।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *