२०८१ फाल्गुन ६ गते मङ्गलवार

शुक्रबार सुनको मुल्य तोलामा एकहजार रुपैयाले बढयो


काठमाडौं,कात्तिक २४ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजार रुपैयाँले वृद्धि भएको छ ।

अघिल्लो दिन बिहिबार मात्रै तोलामा एक हजारले घटेको सुनको मुल्य शुक्रबार एक हजारले नै बढेर एक लाख १४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बिहिबार मात्रै प्रतितोला एक लाख १३ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *