दाङ, वैशाख २७ । रुकुम पश्चिममा गोली चलाएर विप्लव नेतृत्वको नेकपाका एक नेतालाई पक्राउ गरेको छ ।
चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गर्न प्रहरीले हवाई फायर गरेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले शर्मा भाग्न खोजेपछि हवाई फायर गर्नु परेको जानकारी दिए । खड्काले शर्माको ढुंगा प्रहार वाट एक जना प्रहरी जवान घाइते भएको पनि बताए ।
प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार