२०८१ बैशाख १५ गते शनिवार

तुलसीपुर उपमहानगरबाट १० हजार बढीले भरे बेरोजगारी फारम

यमकला भुसाल,
तुलसीपुर, बैशाख २७ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिकामा करिब १० हजार बढिले फारम भरेका छन् । स्थानीय तहबाटै रोजगारीको अवसर प्रदान गर्ने योजना अनुसार भर्न थालिएको निवेदन संकलनमा उपमहानगरपालिकाबाट बैशाख २५ सम्ममा १० हजार १ सय ४ जनाले फारम भरेको तुलसीपुर उपमहानगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक भागवत घिमिरेले जानकारी दिए ।

काम र रोजगारीलाई प्राथमिकता दिँदै सरकारले हरेक स्थानीय तहबाटै व्यक्तिलाई रोजगारी दिने योजना अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेको हो । तुलसीपुर उपमहानगरपालिकाको १९ वटै वडा कार्यालयबाट गत चैत्र ११ देखी बैशाख २५ गते सम्ममा उक्त फारम संकलन भएको सयोजंक घिमिरेले जानकारी दिए ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ बाट ४ सय ६४ जना,वडा नम्बर २ बाट ५ सय ९४ जना,वडा नम्बर ३ बाट ३ सय ८२ जना,वडा नम्बर ४ बाट ५ सय ६० जनाले फारम भरेका छन् । यसैगरि वडा नम्बर ५ बाट ४ सय ६८ जना,वडा नम्बर ६ बाट ३ सय १८ जना,वडा नम्बर ७ बाट ५ सय ८७ जना,वडा नम्बर ८ बाट ६ सय ३२ जना,वडा नम्बर ९ बाट ७ सय ८१ जना,वडा नम्बर १० बाट १ सय ७७ जनाले फारम भरेको संयोजक घिमिरेले जानकारी दिए ।

त्यसैगरि वडा नम्बर ११ बाट ५ सय ७७ जना,वडा नम्बर १२ बाट ४ सय ९२ जना ,वडा नम्बर १३ बाट ३ सय ७४ जना,वडा नम्बर १४ बाट ३ सय ५८ जना,वडा नम्बर १५ बाट ७ सय १२ जना,वडा नम्बर १६ बाट ७ सय ३० जना,वडा नम्बर १७ बाट १हजार १ सय २३ जना,वडा नम्बर १८ बाट ६ सय ३८ जना र वडा नम्बर १९ बाट ५ सय १३ जनाले रोजगारका लागि फारम भरेको उनले बताए ।

बैशाख ३१ गते सम्ममा सबै वडा कार्यालयहरुबाट फारम भर्न सकिने संयोजक घिमिरेले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा चैत महिनामा तीन साता फारम संकलन गरिएको थियो । साथै बैशाख ३१ गते सम्ममा फारम भर्नेको सङ्या बढ्न सक्ने सयोजंक घिमिरेले जानकारी दिए । सरकारले स्थानीय तहमा हुने पुँजीगत खर्चको १५ देखि २० प्रतिशत सम्म ज्यालामा खर्च गर्ने गरी नीति बन्न लागेको जनाएको छ ।

 

प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *