पाल्पा, वैशाख २७ । नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अनेरास्ववियु क्रान्तीकारीका जिल्ला अध्यक्ष मुक्ति गैरै पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीको टोलीले गैरेलाई तानसेनको बसन्तपुरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले जानकारी दिए । सरकारले नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सम्पूर्ण गतिबिधिमा प्रतिबन्ध लगाउने निर्णय गरे अनुरुप नियन्त्रणमा लिएको एसपी पोखरेलले बताए ।
पक्राउ परेका गैरे विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सचिवलय सदस्य समेत हुन । उनलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति : २०७६ बैशाख २७ गते शुक्रवार