तुलसीपुर,कात्तिक २०। ओरेक नेपाल दाङ ले यौन तथा प्रजनन स्वास्थ्य अधिकारको संरचना तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
ओरेकले तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि उक्त संरचना हस्तान्तरण गरेको हो ।
ओरेकले विगत १८ वर्षदेखि दाङ जिल्लामा रहेर महिला,बालवालिका र किशोर–किशोरीहरुको सवालमा काम गर्दै आएको छ ।
प्रभावित देखि परिवर्तनका संवाहक सम्म परियोजना कार्यक्रम सकिएपछि स्थानीय पालिकालाई यौन तथा प्रजनन स्वास्थ्यको संरचना हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सरोकारवालाहरुले यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सवालमा चिन्ता व्यक्त गरेका थिए ।
ओरेक दाङका जिल्ला संयोजक धन कुमारी चौधरीको अध्यक्षतामा भएको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सवाल सम्बोधनका लागि युवा तथा सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया र संरचना हस्तान्तरण कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले ओरेकले गरेका कार्य सराहनीय रहेको भन्दै यसमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन ।
उनले सवैलाई समान र न्यायोचित तरिकाले सेवा प्रदान गर्न आग्रह समेत गरिन ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर प्रसाद पोख्रेलले महिला पुरुष बिच हुने विभेद प्राकृतिक बिभेद भएको भन्दै यसलाई अनत्य गर्नुपर्ने बताए ।
किशोर सञ्जाल लुम्बिनी प्रदेश सयोजक सुमित्रा आचार्यले किशोर किशोरहरुलाई अहिले देखिनै प्रजनन स्वास्थ्य समन्धी सचेतना जगाउनुपर्ने बताइन् ।
उनले प्रजनन स्वास्थ्यको विषयलाई अझै खुल्ला रुपमा छलफल नगरेको पाईको भन्दै यसलाई खुल्ला रुपमा छलफल गर्नुपर्ने बताइन् ।
ओरेक दाङ मनोविर्मशकर्ता कल्पना चौधरीले हिंसामा परेका महिला तथा बालबालिकाहरुको स्वास्थ संस्थाहरुमा गोपनियताको खयाल नगर्दा पीडित थप समस्या हुने गरेको बताइन् ।
कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यका कुराहरु खुल्ला रुपमा गर्न नसक्दा यस्ता समस्या आउने उनको भनाई थियो ।
कार्यक्रममा उरहरी स्वास्थ्य चौकीका चित्र वली ,उपमेयर महिला सुरक्षा आवास गृहका अध्यक्ष बसन्ता आचार्य गुरु जजुर माविका प्रधानाध्यापक विष्णु केसी लगायतले अझैपनि विभिन्न विभेदहरु कायमै रहेको बताएका थिए ।
उनीहरुले अभिभावकहरुले पनि छोरा वरावर छोरीलाई विश्वास गर्नुपर्ने बताएका थिए ।
जनचेतना महिला सामुदायिक सस्थाका अध्यक्ष कृष्णा चौधरीले पहिलेको तुलनामा महिलाहरु यौन तथा प्रजनन स्वास्थको वारेमा सचेत भएको बताइन् ।
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबर्द्धन शाखा प्रमुख ओमप्रकाश न्यौपाने संविधानले बनाएका नियम कानुनहरु पुर्ण रुपमा लागू गर्नुपर्ने बताए
उनले पछिल्लो समयमा २० बर्ष मुनिका ४ सय बढी किशोरीहरु आमा बन्ने गरेको बताए ।
कार्यक्रममा तुलसीपुर १० का अध्यक्ष यमराज केसी , कार्यपालिका सदस्य रेखा शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रमको सहिजकरण ओरेक दाङका बिन्दु शर्माले गरेकी थिइन् ।