कपिलबस्तु, बैशाख २६ । भारतको उत्तरप्रदेशको सिद्धार्थनगरको सीमाना जोडिएको नेपालको कपिलवस्तु जिल्लाको नाका तीन दिन सम्म बन्द हुने भएको छ । शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म उक्त सीमा नाका बन्द हुने भएको छ । भारतको उत्तरप्रदेशमा शनिबार र आइतबार हुन लागेको निर्वाचनको सुरक्षाको लागि सिद्धार्थनगरको सीमा नाका बन्द हुने भएको हो ।
यसअघि निर्वाचनको सुरक्षाबारे दुई देशका सुरक्षा अधिकारीहरूको बैठकले निर्वाचनको अघिल्लो दिनदेखि निर्वाचनको दिनसम्म र सीमा नाका बन्द गर्ने सहमती कायम गरेको थियो ।
कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालका अनुसार दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नाका बन्द गर्न लागिएको हो। त्यसैले सूचना प्रकाशित गरी शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने जानकारी दिइ सकेको अर्यालले बताए ।
नाका बन्द भएपनि अतिआवश्यक सवारी साधन एम्बुलेन्स लगाएतका साधन दुवै देशका सुरक्षाकर्मीको समन्वयमा संचालन गर्ने सहमति पनि भएको छ । त्यस्तै रुपन्देही र नवलपरासीका सीमा नाका भने जेठ ३ देखि ५ गते सम्म बन्द हुने बताइएको छ । रुपन्देही र नवलपरासीसँग सीमा जोडिएको महाराजगञ्जमा जेठ ४ र ५ गते निर्वाचन हुन लागेको हुँदा उक्त सीमा नाका बन्द हुने भएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भारतले त्यस्तो जानकारी दिएका छन् ।