काठमाडौँ ,कात्तिक १९ । सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएकाहरूलाई तत्काल मृतकका परिवारलाई प्रतिमृतक दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परी मृत्यु भएकाहरूलाई प्रति मृतक परिवारलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
सरकारले मृतकका परिवारलाई तत्काल दुई लाख रुपैयाँ दिने
उनकाअनुसार बैठकले भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ भने शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार