२०८० मङ्सिर १६ गते शनिवार

लमही आँखा अस्पतालमा नाक,कान,घाँटीको विशेषज्ञ सेवा सुरु


लमही, कात्तिक १५ । लमही आँखा अस्पतालमा नाक, कान, घाँटीको विशेषज्ञ सेवा सुरु भएको छ ।

अस्पतालले बुधवार देखि विशेषज्ञ सहितको सेवा सुरु गरेको हो ।

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पताल र उपचार केन्द्रहरु सहित लमही आँखा अस्पतालले करिव ७ बर्ष पहिले देखि प्राथमिक कान सेवा सुरु गरेको थियो ।

नाक, कान, घाँटीको विशेषज्ञ डाक्टर आषिश खड्गीद्धारा सेवा सुरु गरिएको हो ।

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाले दातृनिकायको सहयोग तथा नगरविकास समितिले जग्गा उपलब्ध गराएसंगै सन २०१४ देखि आँखा अस्पताल स्थापना गरि सेवा दिइएको अस्पतालमा अव नाक, कान, घाँटीको विशेषज्ञ सेवा सुरु गरेको बताए।

नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काको अध्यक्षता लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा विशेषज्ञ सेवाको शुभारम्भ गर्दै नगरप्रमुख चौधरीले आँखा जस्तै अव नाक, कान, घाँटीको विशेषज्ञ सेवा जनताले यहाँ पाउँदा सहज हुने बताए ।

कार्यक्रममा लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओमप्रकाश सुवेदीले अव आँखासंगै नाक, कान, घाँटीको विशेषज्ञ सेवा यहिबाट दिने कार्यले यहाँका जनतालाई सहज हुने भन्दै आफ्नो सहयोग रहने बताए ।

लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक लिला शाहको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखा सचिव घनश्याम सुवेदी, नाक, कान, घाँटी विशेषज्ञ डाक्टर आषिश खड्गी,समाज सेवि मधु न्यौपाने, गिरीजा न्यौपाने,नेत्र विशेषज्ञ डा. सुदिपलाल राजभण्डारीलगायतले नाक कान, घाटीको विशेषज्ञ सेवा लमहीमा सुरु भएसंगै यहाँका जनताले सर्वसुलभ सेवा पाउने बताएका थिए ।

यसैविच सेवा सुभारम्भ भएको अवसरमा ५२ जनालाई निःशुल्क सेवा दिइएको थियो ।

नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल छन्द कालेबाबु नारायणी आँखा अस्पताल र रुकुम आँखा उपचार केन्द्रले ४७ हजार २ सय ६७ जनाको प्राथमिक कान उपचार सेवा दिएको बाह्य कार्यक्रम संयोजक तथा नेत्र अधिकृत समेत रहेका शालिकराम गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *