काठमाडौँ,कात्तिक १२ । गत वर्षको तुलनामा यो वर्षको दसैँमा वस्तु आयत बढेको छ। साउन र भदौं महिनामा गत वर्षको तुलना गर्दा वस्तु आयत घटे पनि असोजमा भने बढेको हो।
चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयत भएको छ। गत वर्ष ४ खर्ब ९९ करोड रुपैयाँ बराबरको वस्तु आयत भएको थियो।
भन्सार विभागको तथ्याङ्क अनुसार ३ महिना अवधिमा १ दशमलव ६९ प्रतिशतले आयत बढेको हो।
साउनमा १ दशमलव ५६ प्रतिशतले आयत घटेको थियो भने भदौ सम्ममा ५ दशमलव ०६ प्रतिशतले आयत घटेको थियो।
वस्तु निर्यात भने गत वर्षको तुलनामा २ दशमलव २६ प्रतिशतले घटेको छ। गत वर्षको तीन महिना अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको निर्यात भएकोमा यो वर्ष ४० अर्ब ८७ करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको छ।
तीन महिना अवधि सम्ममा नेपालको ब्यापार घाटा ३ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ।