२०७७ कार्तिक १५ गते शनिवार

काँग्रेस नेता थापा दाङ आउदै, तयारी तिब्र

यमकला भुसाल,
तुलसीपुर, बैशाख २५। नेपाली काँग्रेसका नेता गगन थापा दाङ आउने भएका छन । प्रजातान्त्रिक उद्योगी व्यवासायी संघ तुलसीपुरले बुधवार पत्रकार सम्मेलन गरि पश्चिम दाङको दंगिशरण गाउँपालिका वडा नं. ६ श्रीगाउँमा नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा बृहत सभालाई सम्बोधन गर्न बैशाख २८ गते थापा दाङ आउन लागेको जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै प्रजातान्त्रिक उद्योगी व्यवासायी संघ तुलसीपुरका अध्यक्ष जनक प्रसाद खरालले पश्चिम दाङको विकासमा टेवा पु¥याउने उद्देश्यले उक्त क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उक्त सभालाई काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दिपक गिरी र नेता थापा लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम तय भएको उनको भनाई छ । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्न विभिन्न उपसमितिका गठन गरिएको र तयारी पनि तिब्र पारिएको अध्यक्ष खरालले जानकारी दिए ।

२८ गते श्रीगाउँमा हुने कार्यक्रमलाई भव्य गराउन सम्पूर्ण नेता कार्यकर्ता,भातृ संघ संगठन, शुभेच्छुक, उद्योगी,पत्रकार व्यवसायी, तथा कार्यकर्तालाई उपस्थितिका लागि आह्वान समेत गरिएको छ । उक्त कार्यक्रमको सहजीकरण सघंका महासचिव झलक केसीले गरेका थिए । साथै उक्त कार्यक्रममा जिल्ला विभिन्न स्थानबाट यातयात समेत व्यवस्था गरिएको बताइएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *