२०७७ कार्तिक ५ गते बुधवार

गोरखा ग्रुप संचालक समितिको अध्यक्षमा बुढा चयन


दाङ, वैशाख २४ । गोरखा ग्रुप प्रालिले संचालक समिति गठन गरेको छ । मंगलवार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा मानबहादुर बुढालाई संचालक समितिको अध्यक्षमा चयन गरिएको जानकारी दिइएको हो । यसअघि गोरखा ग्रुपको तदर्थ समिति मात्रै थियो । एक सातासम्म तुलसीपुरमा चलेको गोरखका ग्रुपको भेलाले बुढाको नेतृत्वमा ५ बर्षे कार्यकालका लागि नौं सदस्य संचालक समिति गठन गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

संचालक समितिको अन्य सदस्यहरुमा बिष्णुप्रसाद घर्ती मगर, नौलसिंह घर्ती, जंगबहादुर पुन, दुर्गाबहादुर केसी, बालकृष्ण रोका मगर, उत्तमराज घिमिरे, मानसिंह घर्ती मगर, धनकुमार बुढा मगरलाई चयन गरिएको छ । गोरखा ग्रुपले तुलसीपुर,घोराही, लमहीमा गरि आधा दर्जन बढी शैक्षिक संस्था संचालन गर्दै आएको छ । यो ग्रुपले भविस्यमा शैक्षिक क्षत्र बाहेक अन्य क्षत्रमा पनि लगानी गर्ने जानकारी दिएको छ।

 

प्रकाशित मिति : २०७६ बैशाख २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *