२०८१ बैशाख ८ गते शनिवार

विज्ञको रायपछि मात्रै सुझाव पेश हुने

फाइल तस्बिर

दाङ, वैशाख २३ । ५ नं. प्रदेशको नाम र स्थायी राजधानीका लागि विज्ञ समितिको रायपछि मात्रै प्रदेशसभामा सुझाव पेश हुने भएको छ । त्यसले गर्दा स्थायी राजधानी टुङ्गो लगाउने विषय थप लम्बिने निश्चित जस्तै भएको छ। प्रदेशको स्थायी राजधानी र नामबारे सुझाव संकलन गरेको विशेष समिति मातहतको उपसमितिले प्रतिवेदन दिए पनि मूल समितिले अन्तिम रूप दिन नसकेपछि प्रक्रिया लम्बिने निश्चित भएको हो ।

विषेश समितिका सभापति दीपेन्द्र कुमार पुनले विज्ञ समितिको सुझाव र रायसहितको प्रतिवेदन पेश गर्ने सहमति अनुरुप आफु अगाडि बढ्ने फरक कोणलाई बताए । त्यसका लागि विज्ञ समितिको गठन गरिने छ । प्रदेशसभाले जति छिटो विज्ञ समिति उपलब्ध गराउँछ त्यति नै छिटो आफुहरुले उनीहरुको राय सहितको सुझाव प्रदेश सभामुखलाई बुझाउने सभापति पुनले जानकारी दिए । कहिले सम्म विज्ञ समिति गठन हुन्छ र उनीहरुले कहिले सम्म सुझाव दिन्छन् भन्ने कुराको भने अनिश्चितता रहेको छ । ‘विज्ञहरुको टोलीले आज सुझाव दिए हामी भोलि नै त्यो पेश गर्ने छौं,’ पुनले भने ‘ अब त्यो हामी भन्दापनि प्रदेशसभाले कति छिटो विज्ञहरु उपलब्ध गराउँछ भन्ने कुरामा निर्भर हुनेछ।’

विषेश समिति मातहतको उपसमितिले प्रदेशका १२ वटै जिल्लामा पुगेर यसअघि नै सुझाव संकलन गरिसकेको छ । प्रदेशका १२ वटै जिल्लाबाट संकलन भएका १३ सय १२ सुझावको गणना गरेर जिल्ला तोकिएको छ। सुझावमा सबभन्दा बढी दाङले ५ सय ५३ मत पाएको छ। त्यस्तै रुपन्देहीले ३ सय ५० मत पाएको छ ।

उपसमितिले दिएको प्रतिवेदनमा राजधानीका लागि दाङ र रुपन्देही मध्य एक बनाउन सकिने सझुाव दिएको छ । तर नाममा भने लुम्बिनी लगभग टुङ्गो लागि सकेको छ । हाल रुपन्देहीमा अस्थायी राजधानी छ ।

 

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *