२०७७ कार्तिक १४ गते शुक्रवार

नयाँ शक्ति र फोरमबीच आज एकताको घोषणा हुँदै

काठमाण्डौ, बैशाख २३। नयाँ शक्ति र संघीय समाजबादी फोरम नेपाल पार्टीबीच आज सोमबार एकताको घोषणा हुँदैछ । आज काठमाण्डौको राष्ट्रियसभा गृहमा दिउँसो १२ बजे कार्यक्रम गरेर एकताको घोषणा गर्ने दुवै दलले बताएका छन ।

नयाँ दलमा डाक्टर बाबुराम भट्टराई संघीय परिषदको अध्यक्ष र उपेन्द्र यादव केन्द्रीय समितिको अध्यक्ष बन्ने छन । ३ सय सदस्यीय केन्द्रीय समिति बनाउने र समितिमा २ सय जना फोरमका र ९९ जना नयाँ शक्तिका केन्द्रीय सदस्य रहने सहमति दुवै दलले गरेका छन् ।

संघीय समाजवादी फोरमले संविधान संशोधनका लागि केही दिनको समय दिने र माग पूरा नभए सरकारबाट अलग हुने सहमति दुवै दलले गरेका छन् । संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ सांसद छन् ।

 

प्रकाशित मिति : २०७६ बैशाख २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *