२०७७ कार्तिक ५ गते बुधवार

१२ दिन पछि खुल्यो क्याम्पसको ताला


दाङ, वैशाख २२ । तुलसीपुरस्थित राप्ती बबई क्याम्पसको ताला दुई हप्ता पछि खोलिएको छ । सरकार सर्मथित नेकपाको दुई विद्यार्थी संगठन अनेराश्ववियुले क्याम्पसमा विभिन्न माग राख्दै १२ दिन अगाडि ताला वन्दी गरेका थिए । उत्पन्द विवाद समाधान गर्न गठिन समितिका संयोजक विनिल केसी, क्याम्पस प्रमुख युवराज रावत र आन्दोलनरत विद्यार्थी संगठनका पदाधिकारी बीच आइतवार सहमति भएपछि क्याम्पसमा लगाइएको ताला खोलिएको हो ।

सहमतिमा ७ दिन भित्र क्याम्पसको पठन पाठन सुधारका लागि क्याम्पस प्रशासनले गृहकार्य गर्ने, कक्षा संचालनको क्रममा मोवाईल फोन वन्द गर्नुपर्ने, प्रध्यापक र कर्मचारीको हाजिरी दैनिक रुपमा सार्वजनिक गर्नुपर्ने, खुला प्रतिष्पर्धावाट मात्रै कर्मचारी तथा प्रध्यापक नियुक्त गर्नुपर्ने, असार मसान्त भित्र सुविधा सम्पन्न सौचालय प्रयोगमा ल्याउने, विद्यार्थी र प्रध्यापकलाई एकै प्रकारको पानी उपलब्ध गराउने, ७ दिन भित्रमा छात्राहरुका लागि सेनटरी प्याडसहित अलग कोठाको व्यवस्थापन गर्नुपर्ने लगाएको सहमति भएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *