दाङ, बैशाख २२ । बटुवालाई लक्षित गर्दै दाङ घोराहीस्थित तुलसीपुर चोकमा निशुल्क सर्वत पानी बितरण सुरु गरिएको छ । मोवाइल तथा इलेक्ट्रोनिक्स ब्यावसायी संघ घोराही दाङले आइतवारदेखि निशुल्क सर्वत पानी बितरण थालेको संघका उपाध्याक्ष शालिकराम खनालले बताए ।
दूध, फलफूलको जुस,अम्वा,बरफ र शुद्ध जारको पानीसहित सर्वत बनाएर बितरण थालिएको खनालले बताए । पहिलो दिन झन्डै तीन हजार बढीलाई सर्वत खुवाइएको संघले खनालले जानकारी दिए । ब्यवसाय सगै समाज सेवागर्ने उद्देश्यले सर्वत बितरण सुरु गरिएको खनालले बताए ।
उक्त कार्यक्रमको घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेले उद्घाटन गरेका हुन । वडा अध्यक्ष पाण्डेले संघले एउटा राम्रो कामको सुरुवात गरेको भन्दै प्रसंशा गरेका थिए ।
प्रकाशित मिति : २०७६ बैशाख २२ गते आइतवार