२०८० मङ्सिर २२ गते शुक्रवार

आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला

काठमाडौं,असोज २२ । दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ सोमबारदेखि खुला भएको छ।

गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको सहमति अनुसार आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच गत शुक्रबार यस विषयमा छलफल भएको थियो।

हरेक वर्ष दशैं, तिहार र छड पर्वलगायत प्रमुख चाडपर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन्।

विगतका वर्षमा दशैं सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *