दाङ, वैशाख २२ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि हुने भनिएको बन्दमा आफ्नो कुनैपनि संलग्नता नभएको स्पष्ट पारेको छ । नेकपाले वैशाख २३ गते नेपालबन्द आह्वान गरेको भन्ने कुरा गलत भएको विप्लवका जिल्लास्तरिए एक नेताले जानकारी दिए ।
‘बैशाख २३ गते नेपाल बन्दको समाचारहरु व्यापक रूपमा सामाजिक सञ्जालहरूमा आइरहेको हुनाले सबैतिरबाट नेपाल कम्युनिस्ट पार्टीले बन्द गरेको हो कि भन्ने भ्रम परिरहेको छ । हामी स्पष्ट पार्न चाहान्छौै कि भोलि हाम्रो कुनैपनि वन्दको कार्यक्रम छैन,’ ती नेताले भने । पार्टीको केन्द्रीय कार्यालयले आफुहरुलाई त्यही कुरा सर्कुलेसन गरेको ती नेताले फोनमा जानकारी दिए ।
हाल पार्टीले बन्दको कुनै पनि कार्यक्रम नराखेको हुँदा भ्रममा नपर्न उनले पटक÷ पटक आग्रह पनि गरेका थिए । यसअघि नै नेपाल कम्युनिष्ट पार्टीले वैशाख २३ गते नेपाल वन्द रहेको हल्ला व्याप्त बनेको थियो ।