२०७७ कार्तिक १५ गते शनिवार

उपसमितिले राजधानीको किटान गर्न सकेन

बुटवल, वैशाख २२ । प्रदेश सभामा राजधानीको नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समिति मातहतको उपसमितिले मूल समितिलाई प्रदेशको नाम लुम्विनी राख्न उपयुक्त हुने सुझाव दिएको छ । यो सुझाव संगै प्रदेशको नाम लुम्विनी रहने निश्चित जस्तै बनेको धेरैले अनुमान लगाएका छन् ।

उपसमितिलाई स्थायी राजधानी रहने ठाउँको समेत सिफारिस गर्न अधिकार थियो । तर उस्ले आफुले पाएको उक्त अधिकार भने निर्वाह गर्न सकेको देखिएन । प्रदेशको स्थायी राजधानी कहाँ रहने भन्ने टुङ्गोको साथ भन्न नसकेको उपसमितिले त्यसका लागि दाङ, कपिलबस्तु र रुपन्देहीमा बनाउँदा उपयुक्त हुने सुझाव भने विशेष समितिमा पेश गरेको छ ।

यसअघि नै उपसमितिले प्रदेशका १२ वटै जिल्लाबाट स्थायी राजधानी र नामांकरणको बारेमा सझुाव संकल गरेको थियो । प्रदेश सरकारले विवाद रहित ढंगले सबैलाई पायक पर्ने स्थानमा नमुना राजधानी बनाउने उदेश्यका साथ प्रदेश मातहतका सबै जिल्लाहरुमा पुगेर सुझाव संकलन गरेको थियो । त्यसक्रममा बाँके, बर्दिया, दाङ र रुकुम पूर्व लगाएका जिल्लाले दाङ सबैका लागि केन्द्र भागमा पर्ने भन्दै यदी त्यस्तो नभए छुट्टिने सक्ने चेतावनी समेत दिएका थिए ।

प्रदेशको राजधानी र नाम सिफारिस गर्न बनेका ६ वटा भिन्न भिन्न उपसमिति गठन भएका थिए। ती समितिले प्रदेश ५ का सबै जिल्लामा पुगेर राजधानीको नाम र केन्द्रका बिषयमा नागरीकहरुको राय संकलन गरेका थियो। सुझावहरुलाई अन्तिम रुप दिन ५ सदस्य उपसमिति गठन गरिएको थियो। सुझाव संकलनका क्रममा एक हजार तीन सय बढी नागरीकसँग अन्तरकृया गरी प्रश्न सोधिएको थियो। त्यसमध्ये बहुसंख्यकले राजधनी रुपन्देही र दाङ हुनुपर्ने सुझाव दिएका थिए। तर, नामको सम्वन्धमा भने लुम्विनी नै राख्न सुझाव आएको समितिका एक सदस्यले जानकारी दिएका छन् । कतिपयले बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरू राख्नुपर्ने सुझाव दिएको भएपनि बहुसंख्यकको सुझाव लुम्विनी राख्नु पर्छ भनने रहेको हुँदा नाम लुम्विनी प्रदेश हुने निश्चित जस्तै भएको एकजना सदस्यले बताए ।

त्यही सुझावका आधारमा उपसमितिले आफ्नो प्रतिवेदन तयार पारेको हो । र त्यो प्रतिवेदनलाई आज (आइतबार) बस्ने मुल समितिको बैठकमा प्रस्तुत गरेर मुल समितिले अन्तिम रुप दिने तयारी गरिएको छ ।

आज हिउँदे अधिवेशनको अन्तिम दिन भएको हुँदापनि विषेश समितिलाई प्रदेशको नाम र राजधानीबारे अन्तिम टुंगो लगाउनु पर्ने दवाव छ । त्यो टुङ्गो लगाएपछि आजै त्यसलाई प्रदेशसभामा पेश गर्ने तयारी भइरहेको छ । मूल समितिका सभापति दीपेन्द्र कुमार पुन मगरले आजको छलफलपछि प्रतिवेदन सभामुखलाई बुझाउने जानकारी दिएका छन् ।

संविधानतह ः प्रदेश सभाको दुई तिहाई बहुमतले स्थायी राजधानी र नामाकरण गर्नुपर्ने ब्यवस्था गरिएको छ।

स्थायी राजधानी तोक्ने कामलाई सहज बनाउन मुख्यमन्त्रीको सम्पर्क कार्यालय दाङ वा कपिलवस्तुमा राख्न सुझाव पनि पेश गरिएको जानकारी दिइएको छ ।

 

प्रकाशित मिति : २०७६ बैशाख २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *