२०८० चैत्र १६ गते शुक्रवार

प्रतिकुल माैसमका कारण नवलपुरका विद्यालय बन्द


नवलपुर, वैशाख २० । प्रतिकुल माैसमका कारण अाज नवलपुरका विद्यालयहरू बन्द गरिएकाे छ । माैसम पूर्वानुमान शाखाले अाज सतर्क रहन भने पछि नवलपुरमा रहेका स्थानीयतहका शिक्षा शाखा लगायतले सूचना नै जारी गरेर विद्यालय बन्द गरेका हुन्। नवलपुरका शिक्षा समन्वय प्रमुख कृष्णचन्द्र पाेख्रेलले प्रतिकुल माैसमका कारण नवलपुरका स्थानीय तहका शिक्षा समितिले विद्यालय विदा गरेकाे जानकारी दिए । हावाहुरीसहित भारी वर्षा भएपछि सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आज एक दिनका लागि विद्यालय बन्द गरिएको हो ।

जिल्ला शिक्षा समन्वय तथा ईकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरलले प्रचलित कानुन अनुसार विदा दिन नमिल्ने भएपनि हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यबस्थापन समितिको निर्णय अनुसार आकस्मिक बन्द गर्न सकिने भएकाले नवलपुरका अधिकाँस विद्यालय आज बन्द भएको बताए।

कावासोती नगरपालिकाका सबै विद्यालय भने आज बन्द भएका छन् । मौसममा देखिएको व्यापक असहजता ( ठुलो हावाहुरी र वर्षा ) ले विद्यालय सन्चालन गर्न असहज हुने अवस्था देखिएको सन्दर्भमा स्थानीय विदाबाट कट्टी हुनेगरी नगरपालिकाका विद्यालय सन्चालन नहुने कावासोती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

यस्तै, प्याव्सन नवलपुरका सचिव समेत रहेका लुम्बिनी बोर्डिङ्ग स्कुल कावासोतीका सहायक प्रिन्सिपल त्रिभुवन तिवारीले जिल्ला शिक्षा तथा समन्वय ईकाई नवलपुरले हुरी बतासको सम्भावना रहेको भनी सुचना गरेकाले आज विद्यालय बन्द गरिएको बताए। यस्तै गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकाका लगायत सबैजसो पालिकामा पनि विद्यालय बन्द गरिएको सम्बन्धित पालिकाका शिक्षा शाखाहरुले जनाएका छन् । कावासोतीमा आज विहानैदेखि हावाहुरीसँगै पानी परिरहेको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *