२०८१ असोज २४ गते बिहिवार

दाङमा टेलि सिरियल “डिङ्नो जिबनको साहारा”को छायांकन हुँदै

तुलसीपुर,असोज १५ । दाङमा टेलि सिरियल डिङ्नो जिबनको साहाराको छायांकन गरिने भएको छ ।

दाङ जिल्लाको भाषा, कला- संस्कृतिलाई झल्काउने गरि पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित रहेर टेलि सिरियल छायांकन गर्न लागिएको डिङ्नोका निर्देशक बिष्णु बुढाथोकीले जानकारी दिए ।

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै कलाकार तथा निर्देशक बुढाथोकीले जिबनको साहाराको रूपमा रहेको डिङ्नोले दाङको भाषा, संस्कार, रीतिरिवाज र रहन सहन समेटेकाे बताए ।

” बुढेसकालको साहारा बन्ने डिङ्नोले आफ्ना छोरा छोरीलाई बुबा आमाले गलत बाटोमा जान नदिनको लागि प्रयोग गर्नुहुन्छ,उनले भने,”विविध कारणले घर, देश छोड्न बाध्य भएका नेपालीहरुको अन्तरमनको व्यथा डिङ्नो सिरियलमा समेटिने छ ।”
उनले दाङका विभिन्न पर्यटकीय क्षेत्रमा ५ सय भाग सम्म उक्त सिरियलको छायांकन गरिने जानकारी दिए ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतमा भएको साक्षात्कार कार्यक्रमममा बोल्दै पटकथा तथा संवाद पूर्ण गन्धर्वले समाजका हरेक क्षेत्रहरु सामाजिक, आर्थिक राजनैतिक तवरबट अस्तव्यस्त भएको बताए ।

यो समयमा यही बेसहाराको साहारा, भरोसा बन्दै गएको डिङ्नोले गहन बिषयबस्तु बोकेको बताए ।

उनले असोज १५ गतेबाट बंबई गाउँपालिकाकाे विभिन्न ठाउँबाट छायांकन सुरु गर्ने समेत जानकारी दिए।

कार्यक्रममा नाट्यकर्मी महासंगका महासचिव जेबि डीसि कलाकार तथा परिकल्पनाकार कुलदीप अधिकारी, कलाकार सरिता कठ्यत, अनिसा न्यौपाने र सन्तोषी पौडेल को उपस्थिति रहेको थियो ।

कार्यक्रममा चलचित्र पत्रकार संघ दाङका संस्थापक उपाध्यक्ष चेतन रेग्मी, सल्लाहकार सरद रेग्मी लयतकाले टेलिसिरील छायांकन गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।

संघका सदस्य झाग्गु भण्डारीको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रमक सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन् ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *