२०७७ कार्तिक ४ गते मङ्गलवार

नारायणपुरमा ट्राफिक सचेतना कार्यक्रम


आरके सितल,
दाङ, वैशाख १९ । दाङमा जारी ट्राफिक सप्ताह अन्तरगत छैठौ दिन नारायणपुरमा सचेतना कार्यक्रम भएको छ । पाँच नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा जारी सप्ताहको छैठौँ दिन घोराही उपमहानगरपालिका वडा नम्बर १० मा ट्राफिक सचेतना कार्यक्रम भएको हो ।

त्यसअवसरमा नारायणपुर क्षेत्रमा रहेका स्कूले विद्यार्थीलाई ट्राफिक नियमको महत्व र त्यो पालना नगर्दा हुने संभावित क्षतिका वारेमा जानकारी दिइएको थियो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगी(निर्मल)को अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले ट्राफिक सचेतना कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए । वडा अध्यक्षहरुले स्थानीय तहको तर्फबाट यस्ता कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

त्यसक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष मानबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामिछाने, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजौरे(श्रवण)ले मन्तव्य व्यक्त गरेका थिए । ईलाका प्रहरी कार्यालय नारायणपुरका ईञ्चार्ज प्रहरी नायव निरिक्षक भिमबहादुर सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ट्राफक सप्ताहबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कुँवरले विषय बस्तुवारे प्रकाश पारेका थिए ।

कार्यक्रममा एक सय जति विद्यार्थी एवं सर्वसाधारणहरुलाई ट्राफिक सचेतनाबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक उत्तमकुमार जिसीले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *