२०७७ कार्तिक १३ गते बिहिवार

राउत गाउँमा खानेपानी महासंघ गठन


बलदेव मल्ल,
राउतगाउँ, वैशाख १९ । दंगिशरण गाउँपालिका स्तरिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ गठन गरिएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन)दाङ शाखाको आयोजनामा विहीवार त्यहाँ महासंघ गठन गरिएको हो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फेडवासन दाङ शाखाका ध्रुब ठकुरी अध्यक्षता र दंगिशरण गाउँपालिकाकी उपप्रमुख पिमा खड्काको प्रमुख आथित्यमा भएको कार्यक्रमले रावत गाँउ खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरेको छ ।

राउत गाँउ खानेपानी तथा सरसफाई उपभोक्ता समिति सह–सचिब खड्गबिर चौधरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ तदर्थ समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा कमला योगी,सचीव सुशील देबकोटा,कोषाध्यक्षस उमा बस्नेत,सहसचिबस दशिबसुन्दर बुढाथोकी रहेका छन् । त्यसैगरी सदस्यहरुमा मेनका अधिकारी,कुन्तला कँवर, हिरामती चौधरी,रामकली चौधरी र शुनिल न्यौपाने रहेका छन् ।

उक्त कार्यक्रमका विशिष्ट अतिथि बिनोद अधिकारी गाँउपालिका कार्यकारी अधिकृत शोभाकर न्यौपाने, वडा न.३ अध्यक्ष पुर्णबहादुर चौधरी,वडा न. ५ अध्यक्ष दिपक गौतम,दंगिशरण स्वास्थ्य चौकी प्रमुख टेकबहादुर खत्री,रावतगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष यमनारायण चौधरी, मिरौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिबस श्रीमणी न्यौपाने,श्रीगाँउ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षस धर्मनाथ योगी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ बैशाख १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *