२०८१ बैशाख ७ गते शुक्रवार

काँग्रेसलाई नजिस्काउन सरकारलाई काँग्रेस नेता गिरीको चेतावनी

छवि पुरी,
दाङ, वैशाख १८ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले वर्तमान सरकारले राजनीतिक आस्थाका आधारमा सरकारी डण्डा प्रयोग गर्न थालेको आरोप लगाएका छन् ।

नेपाल ट्रेड युनियन काग्रेस दाङले १३० औं श्रमिक दिवस मनाउन बुधवार घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै काग्रेस केन्द्रीयय सदस्य गिरीले शान्तसँग बसेका काँग्रेस कार्यकर्तालाई राजनीतिक आस्थाका आधारमा व्यवहार गरे काँग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । काँग्रेस विधिको शासन, लोकतन्त्र, आवधिक निर्वाचनमा बिश्वास गर्ने पार्टी भएकाले सरकारका क्रियाकलाप बिरुद्ध नलागेको भन्दै सरकार विधिको शासन भन्दा बाहिर गए काग्रेसलाई स्वीकार्य नहुने उनले बताए ।

सरकारका काम कारबाही माथि टिप्पणी गर्दै पूर्व मन्त्री समेत रहेका नेता गिरीले आफू र आफ्ना नेताले गरेको भ्रष्टाचारलाई लुकाउने चेष्टा गर्दा अहिले सरकार अलमलमा परेको टिप्पणी गरे । अर्को प्रसँगमा नेता गिरीले पार्टीका नेताहरु बीच सक्कली एकता भए मात्रै पार्टी बलियो हुने बताए । गिरीले लोकतन्त्रमा मात्रै श्रमिकका अधिकार स्थापित हुने भन्दै कानूनी रुपमा श्रमिकका हक अधिकार स्थापित गर्न पार्टी लागिरहेको दाबी गरे ।

कार्यक्रममा अन्य वक्ताहरुले अहिले पनि श्रमिकहरुले आर्थिकदेखि अन्य अधिकार उपभोग गर्न नपाएको बताएका थिए । कार्यक्रममा काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का,ट्रेड युनियन काग्रेस संघीय समितिका उपमहासचिव गणेश केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नेपाल ट्रेड युनियन काग्रेस दाङका अध्यक्ष तिर्थराज न्यौपानेको अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति : २०७६ बैशाख १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *