२०८१ बैशाख २३ गते आइतवार

नेपालमा चाँदीको सिक्का प्रयोगमा

एउटा सिक्काको मूल्य ४ हजार

काठमाडौं, असोज ७ । नेपाल राष्ट्र बैंकले चार हजार सम्म पर्ने चाँदीका शिक्का निकालेको छ ।

गाईको चित्र अंकित चाँदीका सिक्काहरु तौलका आधारमा मूल्य निर्धारण गरिएका छन् ।


९९९ शुद्धताको चाँदीबाट बनाइएकोे १० ग्राम सिक्काको मूल्य एक हजार ६ सय र २५ ग्राम वाला सिक्काको मूल्य चार हजार रूपैंया तोकिएको छ।


राष्ट्र बैंक सञ्चालक समितिको जेठ १९ गते बसेको बैठकले १० ग्राम र २५ ग्रामका सिक्काको बनाउने गरि स्वीकृति दिएको थियो।


आइतबार बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले ती सिक्का सार्वजनिक गरेका हुन ।

दसैं तिहार जस्ता चाडपर्वमा यस्तो सिक्काको प्रयोग गर्दा रङ लाग्ने र च्यातिने संभावनाको अन्त्य हुन सक्छ ।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *